मतदातामाथिको मनोवैज्ञानिक दबाब बन्द गर

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू एजेन्डा लिएरभन्दा आप्mना उम्मेदवारलाई जिताउन ‘प्रधानमन्त्री’ र ‘मन्त्री’ बनाउने भन्दै मतदाताका घरदैलोमा पुग्न थालेपछि मतदातामाथि नराम्रो मनोवैज्ञानिक दबाब सिर्जना हुन थालेको छ ।

स्थानीय जनता आप्mनै क्षेत्रको मन्त्री बनाउन पाए विकासका काम बढी पो हुने थियो कि भन्दै सोच्न थाल्नेछन् र भोट गठबन्धनको पक्षमा पर्नेछ भन्ने गलत आशयका साथ यसो गरिरहेको देखिएको छ । यो आशय आफंैमा गलत र अन्तरविरोध सिर्जना गर्ने खालको छ । हरेक निर्वाचन क्षेत्रका जुनसुकै उम्मेदवार पनि प्रधानमन्त्री र मन्त्री हुने कुरा आउँदैन । त्यसैले, पहिले नै घोषणा गर्ने कार्य जनतालाई अन्योलता र विभ्रममा सुताउने काम मात्र हो । तर, व्यवहारमा भएको छ यस्तै । अहिले जनताका माझमा विकास, समृद्धि र सुशासनका एजेन्डा छैनन् । एजेन्डाविहीन नेता झुठा आश्वासन र ‘एकपटके ढाँटको खेती’मा लागिपरेका छन् । उता, ‘ढाँटको निम्तो खाएर पत्याउनु’ भनी सतर्क भएका जनता त्यति रनभुल्लमा परेको देखिँदैनन् । तर, यस्तो खालको सफेद झुठको खेती आचार संहिता र नैतिकताले दिन्छ कि दिँदैन, सोचनीय बन्न पुगेको छ ।

निर्वाचनमा जनतालाई कुनै किसिमको फोस्रो आश्वासन दिएर ढाँट्ने काम कसैले पनि गर्नुहँुदैन । सबै दलले आप्mनो घोषणापत्र र विकास योजना लिएर जनतासमक्ष जानुपर्छ ।

अहिले अवस्था यस्तो देखिएको छ कि, सबै नेतालाई जित्ने हो कि हार्ने हो भन्ने चिन्ताले निकै सताइरहेको छ । त्यसैले, चुनाव जित्नकै लागि जेजस्ता हर्कत अपनाउन पनि उनीहरू पछि नपर्ने स्थिति देखिएको छ । दल तथा नेतामा यस्तो स्थिति देखिनु लोकतन्त्रकै लागि चिन्ता र खतराको विषय हो ।

हुन त, देशभरमा मतदाताका रूपमा रहेका जनता अब निकै सचेत भइसकेका छन् । कसैले झुक्याउँदैमा झुक्किने स्थिति छैन । जनतामा आएको चेतनाले के ठिक, के बेठिक भन्ने कुरा उनीहरूले सजिलैसँग छुट्याउन सक्ने देखिएको छ ।

नेता तथा उम्मेदवारले जनताको मनोविज्ञान बुभ्mन जरुरी छ । उनीहरूलाई कुनै किसिमको प्रलोभन वा दबाब दिने काम कसैले पनि गर्नुहुँदैन । स्वच्छ निर्वाचन लोकतन्त्रको आत्मा हो । निर्वाचन आयोग र सरकारका सबै संयन्त्र निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सशक्त रूपमा परिचालन हुन जरुरी छ । आयोगले आचार संहिता उल्लंघन गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्न जरुरी छ ।

जनताले दलका एजेन्डालाई विश्वास गर्न छाडेपछि आप्mना उम्मेदवार जिताउन प्रधानमन्त्री र मन्त्रीको रंगरोगन र लेपन सस्तो रूपमा लगाउने कार्य बन्द गर्नुपर्छ । राजनीतिक विश्लेषकहरूले समेत लोकतन्त्रका लागि यस्ता कुरा घातक भएको टिप्पणी गरिरहेका छन् । उनीहरूको विश्लेषणमा समेत यस्तो कुराले विकृति र विसंगतिलाई संस्थागत गर्नसक्ने देखिन्छ । यस्ता कार्यले मतदातालाई मनोवैज्ञानिक दबाब पर्नसक्ने भएकाले मतदाताबीच सिर्जना गर्न खोजिएको मनोवैज्ञानिक दबाब तुरन्त बन्द गर्नुपर्छ । यस्ता सबै खाले खेल तत्काल बन्द गर ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?