रसुवाबाट सशस्त्र प्रहरीद्वारा डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद


रसुवा । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
भन्सार छली सीमा इलाकाको अस्थाई ड्राईपोट रसुवामा राखिएको अवस्थामा कार्तिक ३० गते बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ्ग कमाण्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो ।

अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई सो अवैध सामान’bout गोप्य सूचना प्राप्त भए पश्चात सशस्त्र प्रहरी निरीक्षक गुरुङ्ग कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो ।

बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय टिमुरेमा बुझाईएको छ । निर्वाचनको मौका छोपी हुन सक्ने अवैध क्रियाकलाप रोक्न उत्तरी सीमा नाकामा समेत सशस्त्र प्रहरी बल नेपालले विशेष निगरानी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित