विकास एजेन्डामा मतदान, श्रेष्ठ मतदान

निर्वाचन परिवर्तनको संवाहक हो । यथास्थितिबाट नवीन परिवेशमा पुग्नु हो । नागरिकले आप्mनो चाहनाबमोजिम परिवर्तनका लागि मतदान गर्नुपर्छ । अहिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चुनाव प्रचारप्रसारको दौरान जनताले उम्मेदवारसँग बाटो बनाइदिने बाचा होइन, परिणाम मागे । खेती गर्ने बेला सिँचाइको सुनिश्चितता खोजे । बिरामी परेको बेलामा उपचार हुने ग्यारेन्टीको माग गरे । राजनीतिक दलले जनतासामु पटक पटक तिलस्मी घोषणापत्र देखाएर छल गरिरहे पनि आप्mनो आस्था र विश्वासको धर्म निर्वाह गर्दै जनताले भोट पनि दिइरहे । निर्वाचन सकिने बित्तिकै जनताका आवश्यकता र चाहनालाई एउटा कुनामा फालेर आप्mनो स्वार्थका लागि राजनीतिक दाउपेचको घृणित खेल खेलिरहे । विकास बिर्सिए । जनता बिर्सिए । यथास्थितिमा रमाए । अहिले सचेत जनताको हातमा परिवर्तन गर्ने अवसर आएको छ । चितवन क्षेत्र–३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले विकास जनताको पहिलो आवश्यकता हो । विकासका लागि परिवर्तन आवश्यक छ, परिवर्तन गर्न सकिन्छ, भन्ने नारा उठाएर मतदातालाई उत्साहित बनाएको देख्दा लाग्छ यो निर्वाचन विकास एजेन्डामा केन्द्रित हुनेछ ।

विकास एजेन्डा के हो ? मानव जीवनमा सारभूत र आधारभूतरूपमा सकारात्मक परिवर्तन हुनु विकास हो भने परिवर्तनका विषय समेटर बनाइको दृष्टिकोण र अठोट विकास एजेन्डा हो । विकास नियमित–निरन्तर र उत्परिवर्तन गरी दुई किसिमले हुने गर्दछ । विकासलाई आर्थिक, समाजिक सांस्कृतिरूपमा विश्लेषण गर्ने गरिन्छ । विकास प्रक्रियाको प्रजातान्त्रीकरण, धनको समान वितरण, सबै नागरिकका लागि अवसरमा समान पहुँच, सामाजिक न्याय र प्राकृतिक वातावरणको संरक्षणलाई विकासले समेटेको हुन्छ । विकासले पुँजी निर्माण र आर्थिक वृद्धिलाई मात्र होइन खाद्यान्न, स्वास्थ्य सुरक्षा, रोजगारको समान उपलब्धता र आय असमानताको न्यूनीकरणमा पनि जोड दिन्छ ।

विकास बहुआयमिक हुन्छ । राजनीतिकरूपमा विकासलाई स्वतन्त्रतासँग विश्लेषण गरिन्छ । निर्वाचनमा नेताको छनोटदेखि आवश्यकता र रुचिअनुरूप वस्तुसेवाको छनोट गर्ने स्वतन्त्रतालाई यसमा समेटिन्छ । स्वतन्त्रता उपभोग गर्न व्यक्ति सक्षम हुनुपर्ने भएकै कारण व्यक्ति अर्थात् मानव संसाधनको विकास अनिवार्य मानिन्छ । सामाजिक विकासमा सामाजिक न्यायको प्रर्वद्धन र वर्गीय, क्षेत्रीय, लंैगिक तथा जातीय असमानता र सामाजिक भेदभावको अन्त्यलाई समेटिएको हुन्छ । सांस्कृतिक विकास मूलतः मानिसको आस्थासँग जोडिएको हुन्छ । सांस्कृतिक विकासलाई अलग्याएर गरिएको विकास दिगो र खुसीप्रद हुँदैन ।

आर्थिक विकासले कुल गार्हस्थ्य उत्पादनमा वृद्धि, प्रतिव्यक्ति आय वृद्धि, धनको समान वितरणलगायत क्षेत्रीय सन्तुलन हुनेगरी पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, आवासलगायत सबै प्रकारका सेवा विस्तार र जनस्तरको सुधारलाई समेटेको हुन्छ । विकासको अर्थमा समष्टिगत आर्थिक सूचक कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आयसहित सामाजिक जीवनस्तर, शिक्षा स्वास्थ्य आवास सुविधा, अपेक्षित आयु, पूर्वाधार विकास, गरिबी न्यूनीकरण र खुसी मन विकासका सूचकमा समावेश हुने गरेका छन् । विकास उपलब्धि भौतिकका साथै जनताको खुसीमा मापन गर्ने वर्तमानको यथार्थ भएकाले विकासको अर्थ फराकिलो र मानव केन्द्रित बन्न पुगेको छ ।

विकासको गतिबर्धक तत्व लगानी हो । श्रम, पुँजी र प्राकृतिक स्रोत विकासका लागि लगानीका प्रमुख स्रोतहरू हुन् । प्रकृति र मानव जीवनबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । विकासको चरणसँगसँगै प्राकृतिक स्रोतको उपयोग मानवीय आवश्यकता पूरा गर्न अन्धाधुन्धरूपमा हुँदै गयो । जनसंख्याको तीव्र गतिमा भएको वृद्धि तथा सहरीकरणले प्राकृतिक स्रोतको उपयोग दर झन् बढायो । प्रकृतिमा रहेको वहन क्षमता (क्यारिङ क्यापासिटी)ले मानिसले वस्तु र सेवा उपयोग गर्दा उत्पन्न प्रदूषणलाई निर्मलीकरण गर्न सकेन । प्राकृतिक स्रोतको निरन्तर र अवैज्ञानिक प्रयोग र प्रयोगले उत्पन्न विकारले प्राकृतिक सम्पदा र सुन्दरता ह्रास मात्र नभएर विकासको स्थायित्व र मानव खुसीलाई नै जोखिममा पार्न गएको अनुभूति सर्वत्र भइरहेको छ ।

विकास एजेन्डा हेरेर मतदान गर्न मतदाता स्वतन्त्र र सक्षम छन्

लेसेज फेयर प्रणालीले ल्याएको आर्थिक अस्थिरतालाई सच्याउन सरकारको सक्रियता र लगानीले विकास अर्थतन्त्रको आरम्भ भयो । बजार आर्थिक प्रणालीको स्थानमा सरकारको संलग्नता बढ्यो । सरकारले आर्थिक विकासलाई व्यवस्थित गर्न कप्रिहेन्सिभ र इन्डिकेटिम योजनाको अभ्यास गर्न थाल्यो । परियोजनामा आधारित लगानीको नेतृत्वमा विकास गर्ने अवधारणा प्रारम्भ भयो । तर, ‘ट्रिकल डाउन इफेक्ट’ जनस्तरसम्म फैलन समय लागेको र परियोजना निर्माण तथा कार्यान्वयन इलाइटवर्गमुखी भएको भन्ने आलोचना विकासले जनसाधारणको आवश्यकता र चाहनालाई स्पर्स गर्न असक्षम भएको अनुभूति सर्वत्र भयो ।

आधुनिक समाजमा विकास मानव कल्याणका लागि हुनुपर्छ भन्ने माग उठ्यो । उदारवादी र नियोजित विकास मोडेलका प्रणेताहरू जनकल्याणलाई अँगाल्न पुगे । टप डाउन विकासको ठाउँ वटम अप मोडलले लियो । सरकारका केन्द्रीकृत क्रियाकलापलाई जनताको घरदैलोसम्म पु¥याउन विकेन्द्रीकरणको अभ्यास हुन थाल्यो र विकेन्द्रीकरण विकासको मियो बन्न पुग्यो । जनता आप्mनो विकास आफंै गर्न अग्रसर भए । विकास जनताका लागि हो भन्ने अवधारणाको उजागरले जनतालाई उत्प्रेरित ग¥यो । विकास मानव केन्द्रित हुनुपर्छ भन्ने मान्यताले विकासलाई जनताको नजिक पुग्न सम्भव बनायो ।

दिगो विकासको नवीन आयाम बनेर आयो । दिगो विकासले प्राकृतिक स्रोतको महत्तम उपयोग र संरक्षण, सन्तुलित विकास र विकासको प्रतिफलको समान वितरणमा जोड दिन्छ । दिगो विकासले विकासका यावत कार्यमा वातावरणीय अन्तरवस्तुलाई आन्तरिकीकरण गर्दै लैजान उत्प्रेरित गर्दछ । दिगो विकास पृथ्वीमा मानव जीवनको अस्तित्व जोगाउने एक दीर्घकालीन विकास भिजन हो । दिगो विकास लक्ष्य एकल प्रयास र एक आयाममा केन्द्रित, एक क्षेत्र र एक तहमा चासो दिएर प्राप्त हँुदैन ।

यसकारण दिगो विकासका लागि आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, प्रविधि जस्ता सबै आयममा तथा वन, जल, वायु, ध्वनि, प्राकृतिक सुन्दरता जस्ता बहुक्षेत्रको संरक्षणमा सरकारी, निजी तथा समुदायको बहुपक्षीय सहभागिता र स्थानीय, प्रदेशीय, राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहको एकीकृत प्रयास आवश्यक पर्दछ । साथै, दिगो विकासको लक्ष्य हासिल गर्न योजना कार्यक्रमका निर्माण, योजना कार्यक्रम कार्यान्वयनको जिम्मा सरकार, निजी क्षेत्र, सहकारी वा समुदायको सेयरर्ड जिम्मेवारी पनि हुनुपर्छ ।

विकासको उपलब्धिले प्राकृतिक एवं सांस्कृतिक वातावरणको संरक्षण र जनताको स्वतन्त्रता हकलाई प्रबद्र्धन गर्नुपर्दछ । माइकल टुडारो र अमत्य सेनले जनतालाई राजनीतिक अधिकार उपयोग गर्न अवसर दिनु र सक्षम बनाउनुको साथै विकासले जनतालाई आप्mनो आवश्यकता पूरा गर्न वस्तु र सेवाको छनोट गर्न सक्नेगरी सक्षम पनि बनाउनुपर्छ भन्ने वकालत गरे । ऋगवेदमा ‘आत्मनो मोक्षर्थम् जगत् हिताय’ अर्थात् जनताको कल्याणपछि मात्र आफ्नो स्वार्थको विषय आउँछ भन्दै विकासले जनताको मन जित्नुपर्छ, भनिएको छ । विकास एकांगी हुन सक्दैन ।

विकासको अर्थ व्यापक बहुआयमिक बन्दै गएको छ । यसकारण वर्तमान समयमा विकास र समृद्धि राजनीतिक र आर्थिक स्वतन्त्रताको योगका रूपमा स्थापित भएको छ । अबको विकास आर्थिक रूपमा जनताको जीवनस्तर उकास्नुका साथसाथै जनताको सामाजिक सांस्कृतिक तथा आध्यात्मिक खुसी अभिवृद्धि गर्न समेत केन्द्रित हुनुपर्छ भन्ने मत स्थापित भएको छ । विकासस्तर सुशासन, कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, जीवनस्तरको साथसाथै जनताको खुसीको स्तरमा समेत नाप्न थालिएकाले ‘खुसीपूर्ण विकास समृद्धि हो’ भन्ने मान्यता विकास भएको छ ।

विकास नीति, योजना, परियोजना मात्र नभएर राजनीतिक विषय पनि हो । अर्थशास्त्रीले विकास र राजनीतिलाई अलग अलग राख्ने चेस्टा गरे । तर, विकास र राजनीति अलग रहन सक्दैनन् । विकासको नेतृत्व राजनीतिक विषय हो । निर्वाचन शान्तिपूर्ण तवरले सत्ता परिवर्तन गर्ने प्रक्रिया र माध्यम हो । असक्षम नेतृत्वलाई परिवर्तन गरेर नयाँ नेतृत्व स्थापना गर्ने अवसर हो । संविधानले आवधिक निर्वाचनलाई प्रजातान्त्रिक शासन प्रणालीको अभिन्न अंग मानेको छ । १८ वर्ष पुगेका सबै वालिग नागरिकलाई समानरूपमा मतदान गर्ने संवैधानिक अधिकार छ । राजनीतिक दल खोल्न पाउने, आप्mनो विचार, दर्शन र कार्यक्रम प्रचारप्रसार गर्न पाउने र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने स्वतन्त्रता छ ।

सारभूत र आधारभूतरूपमा सकारात्मक परिवर्तन हुनु विकास हो भने परिवर्तनका विषय समेटर बनाइका दृष्टिकोण र अठोट विकास एजेन्डा हुन्

स्वतन्त्र र निष्पक्ष निर्वाचन आप्mनो प्रतिनिधि छान्ने नागरिकको संवैधानिक अधिकार हो भने आवधिक निर्वाचन प्रणालीले देशको राजनीतिक सत्ता परिवर्तन गर्दछ । विकासको एजेन्डा छनोट गर्छ । जनताले आप्mनो आवाज र विचार मुखरित गर्ने तथा आप्mनो विचार र प्राथमिकतासँग मेल खाने प्रतिनिधि छनोट गर्ने अवसर हो । निर्वाचनबाट जनताले सक्षम नेतृत्व चयन गर्नुपर्छ । जसले देश र जनताको हितमा काम गर्न सक्दछ । निर्वाचित सत्तारूढ दल वा प्रतिनिधिले जनताको अपेक्षाअनुरूप काम गर्न नसकेमा जनताले निर्वाचनमा उम्मेदवार वा राजनीतिक दललाई पुनः निर्वाचित गर्दैनन् । अर्को उम्मेदवार वा राजनीतिक दल विजयी हुन्छ र सत्ता परिवर्तन हुन्छ । यसकारण निर्वाचनलाई शान्तिपूर्ण सत्ता परिवर्तनको वाहक भनिएको हो । प्रजातान्त्रिक शासन प्रणालीमा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको भूमिका महŒवपूर्ण मानिन्छ ।

स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनले मतदाताका लागि योग्य तथा विकास एजेन्डा हेरेर प्रतिनिधि छनोट गर्ने शान्तिपूर्ण वातावरण निर्माण गर्दछ । जनताले विकास एजेन्डा हेरर प्रतिनिधि चयन नगर्ने र अन्धभक्तिमा सधंै एउटै व्यक्ति वा राजनीतिक दललाई मतदान गरिहने हो भने हाम्रो देशमा अर्को ५० वर्षसम्म पनि विकास र समृद्धि प्राप्त हुँदैन । यसकारण निर्वाचनले उपलब्ध गराएको परिवर्तन गर्ने अवसरको मतदाताले भरपुर उपयोग गर्नुपर्छ ।

विकसित देशको निर्वाचनमा देश र जनताका आवश्यकता र ती आवश्यकताको परिपूर्तिका विषयमा राजनीतिक दलबीच प्रत्यक्ष वहस हुन्छ । विकास एजेन्डा हेरेर मतदान गर्न मतदाता स्वतन्त्र र सक्षम छन् । हामी कहाँ जनताका सवालमा राजनीतिक दल छलफल गर्दैनन् । उनीहरूलाई आप्mनो विरासत जोगाउने मात्र चिन्ता हुन्छ । मतदातालाई निर्वाचनका बेलामा अपत्यारिला प्रतिबद्धता गरेर भ्रममा पनि राख्दछन् । उनीहरू गठबन्धन गरेर होस् वा जस्तोसुकै सम्झौता गरेर होस् आपूm जित्न सत्ता प्राप्ति गर्न प्रयत्न गर्दछन् ।

विगतमा मतदाताको सार्वभौम अधिकार गलत प्रयोग गरेर उनीहरू विजयी पनि भए । आजको नेपालमा जनता शिक्षित र जानकार छन् । कुन राजनीतिक दल वा कुन उम्मेदवार ठिक छ ? उसको विकास एजेन्डा के छ ? त्यो बुझेर मतदान गर्न सक्षम छन् । यसकारण यस निर्वाचनमा जनताले चनाखो बनेर परिवर्तन र विकास एजेन्डामा मतदान गर्नुपर्छ । विकास नगर्ने व्यक्ति र दलले निर्वाचनमा हार्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा कांग्रेसले खोल्यो खाता