अपाङ्गमैत्री मतदानस्थल नहुँदा जुम्लामा तीन हजार बढी मतदानबाट वञ्चित


जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ७ का सुर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्छन । सूर्य जस्तै फरक क्षमता भएका मतादाता धेरै छन्, जसलाई अपाङ्गमैत्री मतदानस्थल नहुँदा मताधिकारबाट बञ्चित हुने पिरलो छ । ‘अपांगता भएका व्याक्तिलाई सहत रुपमा मतदान गर्नका लागी अपाङ्गमैत्री मतादान स्थल हुनुपर्ने सरकारी नियम छ । तर, हामीले कहिल्यै सहज वातावरणमा मतदान गर्न पाएनौं ।’ उनले गुनासो पोखे । जुम्लामा कुल ६८ जहार ६ सय ३८ मतादाता मध्ये अपाङ्गता भएका तीन हजार मतादाता छन्, तर कुनैपनि मतदान स्थल अपाङ्गमैत्री छैनन् ।

जुम्लामा अपाङ्गमैत्री मतदान स्थल नहुँदा ३ हजार मतादातालाई समस्या भएको छ । जुम्लामा ८३ मतदानस्थल र १०६ मतदान केन्द्र छन् । तर, अपाङ्गमैत्री छैनन् । अपांग पुर्नस्थापना कार्यालय जुम्लाका निवर्तमान अध्यक्ष नन्दराज धितालका अनुसार जुम्लामा कुल आठ हजार जना अपांगता भएका व्यक्ति छन्, त्यसमा ३ हजार मतादाता छन् । ‘नेता, कार्यकर्ता र उम्मेदवारलाई मतको मात्रै हिसाब हुन्छ ।’ उनले भने, ‘अपांगता भएका मतादाताको भावना र विचार के छ ? कस्तो उम्मेदवारलाई उनिहरुले चाहेका छन् भनेर कसैले चासो देखाउदन । निर्वाचनको दिन ललाईफकाई गरी बोकेर भएपनि वारिसे राखेर मतदान गर्ने र घर फर्कने बेला वास्ता नगर्ने प्रवृत्तिले अपांगता भएका मतादाताले दुख पाउने गरको समेत उनले बताए ।

अपांगता भएका व्याक्तिलाई सहत रुपमा मतदान गर्नका लागी अपाङ्गमैत्री मतादान स्थल हुनुपर्ने सरकारी नियम छ । मतादान सम्पन्न गर्ने जीम्मेवारी प्राप्त गरेका सरकारी निकायले अपाङ्गमैत्री मतदान स्थल बनाउन प्रयास नगरेको अपांग पुर्नस्थापन विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेले बताए । ‘एकातिर शारिरिक अशक्तता हुन्छ, अर्कोतिर जटिल भूगोलका कारण आवतजावत गर्न मुस्किल छ, अपांगमैत्री मतदान केन्द्र ननाएर मताधिकारबाट बञ्चित गर्नु हाम्रो लागि अप्रिय कुरा हो ।’ अध्यक्ष न्यौपानेले भने । जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जुम्लामा भौगोलिक रुपमा कठिनाई भएका कारण अपांगमैत्री मतदान स्थल बनाउन नसकिएको बताए । अपांगमैत्री मतदान केन्द्र बनाउन नसकिएपनि अपांगता भएका व्याक्तिलाई सौहार्द वातावरमा मतदान गर्ने वातावरण मिलाईएको उनले बताए ।

‘ठ्याक्कै अपांगमैत्री मतदानस्थल भनेर बनाइएको छैन, तर फरक क्षमता भएका, जेष्ठनागरिक, गर्भवति महिला सबैलाई सजिलै मतदान गर्ने व्यवस्था गर्न सबै मतदानमा खटिएका कर्मचारीलाई निर्देशन गरिएको छ ।’ उनले भने । जुम्लामा ८३ मतदान स्थल र १०६ मतदान केन्द्र छन् । कुनै पनि मतदान स्थल र मतदान केन्द्र अपांगमैत्री नहुँदा मताधिकार बाट बञ्चित हुने अपांगता भएका मतादाताको चिन्ता छ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंकाे मेयरमा बालेन साह, उपमेयरमा सुनिता डंगाेल निर्वाचित