वाह ‘उचाईं’

काठमाडौं । भनिन्छ बलिउड मसलेदार फिल्म उत्पादन गर्ने एउटा गज्जबको कारखाना हो । जहाँ स्टार भ्यालुको आधारमा दर्शकलाई मनोरञ्जन दिने बहानामा अतिरञ्जित कथा पेश गरेर दर्शकलाई तीन घन्टा मुर्ख बनाइन्छ । बलिउड फिल्म उद्योगमा अतिरञ्जित कथा बिक्री गर्नेहरुको रवाफ वषौंदेखी कायम छ ।

प्रारम्भमै मौलिक कथामा फिल्म बनाउने निर्देशक नभएका होइनन् । मौलिक कथा खोज्नेहरु अल्पसंख्यक थिए । जसोतसो फिल्म निर्माण त गरे तर, प्रदर्शन, वितरणलगायतका सन्दर्भमा मसालेदार फिल्म ब्यापारीको प्रभावमा सँधै थिचिन्थे । फिल्म निर्माणदेखि प्रदर्शनको बेलासमेत उत्तिकै सास्ती बेहोर्थे ।

उत्पादनको हिसाबमा हलिउडपछिकै ठूलो उद्योग मानिन्छ बलिउड । नेपाली फिल्म उद्योगमा बलिउडकै हावाले छोएको थियो । प्रारम्भमा बलिउडकै प्रभाव रह्यो । बलिउडकै शैलीमा वर्षौ फिल्म बनाइरहे र ति मध्ये कतिपय फिल्मलाई दर्शकले मन पराए पनि ।

सूचना प्रविधिको प्रभावसँगै दर्शकमा फेरिएको चेतनास्तरको दबाबले ‘मसालेदार कथा’ बाहेकका फिल्म फिल्म नै हैन भन्ने निर्देशक समेत मौलिक कथामा फिल्म निर्माण खोजी गर्न विवश भए नेपाली फिल्म उद्योगमा ।

अहिले मौलिकताको खोजी बलिउडमा झन चर्को छ । गन्यमान्य स्टार अभिनित फिल्मको समेत बक्स अफिसमा कमजोर ब्यापार गर्न थालेपछि अहिले ‘स्टारकाष्ट’ मा फिल्म चल्छ भनेर दावी गर्नेहरु समेत मौलिक विषयको खोजीमा फिल्म निर्माण गर्न तम्सिएका छन् ।

मसालेदार निर्देशककै भिडमा एकजना निर्देशक छन् सुरज बडजात्या । प्रेमकथामा आधारित ‘मैले प्यार किया’बाट करिअर सुरुवात गरेका बडजात्यकाले हम आपके है कौन, हम साथ है, विवाह, प्रेमरतन धनपायोलगायतका फिल्म निर्देशन गरेका छन् । उनका फिल्ममा अतिरञ्जित दृश्यले उति स्थान पाउदैन । प्रेमकथालाई मिहिन ढंगमा प्रस्तुत गर्छन् । कुशल पटकथा लेखक पनि हुन् ।

उनैको निर्देशन रहेको हिन्दी फिल्म ‘उचाईं’ अहिले नेपाली दर्शकका लागि समेत चासोको विषय बनेको छ । चासो यस अर्थमा कि उक्त फिल्मको अधिकांश दृश्य नेपालमा खिचिएको छ ।

नायिका परिणीती चाेपडा संग लाइन प्राेड्युसर सुरज आचार्य

जहाँसम्म उचाईको विषय छ । नेपालको टुरिज्जम प्रमोशनका लागि निर्देशक बड्जात्याले नेपालका लागि यति राम्रो उपहार दिएका छन् , उचाई हेर्ने कुनै पनि दर्शककलाई नेपालको टे्किङ क्षेत्रका थप व्याख्या जरुरी छैन

बेलुकको राष्ट्रवादी प्रसँगलाई ठूलो स्वरमा उरालेर आफ्नो चर्चा बटुल्ने भारतीय र नेपाली नागरिकका समान समस्या हुन् । आतंकवादीका प्रसँग समेटिएका हिन्दी फिल्ममा मुसलमानहरुलाई आतंकवादी देखाउनु र उनीहरुको कनेक्सन पाकिस्तान वा अफगानिस्तानसँग जोडिएको प्रसँग दर्जनौ फिल्ममा हरेसकेका दर्शकका लागि उनीहरुको चेतनाको स्तरका सन्दर्भमा थप ब्याख्या जरुरी छैन । त्यस्तै हाम्रो नेपाली फिल्ममा पनि मधेशी मुलका पात्रलाई कहिल्यै गम्भीर पात्रका रुपमा देखाइँदैन उनीहरुको चरित्रलाई फिल्ममा केबल मसलाको रुपमा मात्रै देखाइन्छ । बलिउडमा हिन्दु मनोविज्ञानवाला हामी भएजस्तै हाम्रो फिल्म उद्योगमा पनि पहाडे मनोविज्ञान हाबी छ ।

यस अर्थमा निर्देशक बड्जात्या अरुभन्दा फरक छन् । उनका फिल्ममा कुनै समुदायलाई होच्याउने वा अतिरञ्जनायुक्त प्रसंँग राखिएको हुँदैन । सस्तो लोकप्रियताको पछि कहिल्यै लागेनन् ।

जहाँसम्म उचाईको विषय छ । नेपालको टुरिज्जम प्रमोशनका लागि निर्देशक बड्जात्याले नेपालका लागि यति राम्रो उपहार दिएका छन् , उचाई हेर्ने कुनै पनि दर्शककलाई नेपालको टे्किङ क्षेत्रका थप व्याख्या जरुरी छैन । नेपाल सरकार आफैंले करोडौं रुपैयाँ खर्च गरेर पनि यत्तिको सामग्री बनाउन सक्दैन । उचाई केबल एउटा फिल्म मात्रै हैन । विश्वमान चित्रमा नेपाल चिनाउने आफैंमा एउटा दस्तावेज पनि हो ।

नेपाल सरकार, पर्यटन बोर्ड वा पर्यटन उद्योगसँग सम्बन्धित क्षेत्रमा काम गर्नेहरुले ‘उचाई’ को सहारामा धेरै कुरा आर्जन गर्न सक्छन् । अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा लगायतका कलाकारले नेपालको पाखा पखेरामा उभिएर अभिनय गर्नु नेपालका लागि आफैंमा एउटा उपलब्धि हो ।

तीन वर्ष लगाएर सुटिङ सकिएको उक्त फिल्मको टोलीले नेपालमा मात्रै डेढ महिना बिताए । थ्री ह्वील फिल्मस प्रालिका सञ्चालक एवं उचाई फिल्मका नेपालका लागि लाईन प्रोड्युसर सुरज आचार्यसँग सुटिङ ताका पर्यटन बोर्डका कर्मचारीले दिएका केही नमिठा अनुभुतिहरु मात्रै बाँकी छ । ‘बडजात्या सरहरुले लद्दाखमै सुटिङ गर्ने योजना बनाउनु भएको थियो । मैरै पहलमा मैले सिङ्गो टिमलाई नेपाल ल्याएर सुटिङ गराएँ ।’ आचार्यले भने ।
एकै दिन तीनवटासम्म मिटिङ, माइन्युट त्यसपछि भत्ता बुझ्न पाइने पर्यटन बोर्डका कर्मचारी र सदस्यहरुलाई ‘उचाई’को महत्व सजिलै बुझाउन सम्भव पनि छैन ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९