जिफान साँझ हुँदै

पोखरा । गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान)ले यही २४ मंसिर २४ मा पोखरामा ‘जिफान साँझ’ आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनमा जिफान अध्यक्ष गुन्जबहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलनार्थ सो साँझ आयोजना गर्न लागिएको बताए ।

पोखरा सभागृहमा हुन लागेको उक्त कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसँग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्य, गुरुङ चलचित्रका कलाकारको आकर्षक नृत्य प्रस्तुत गरिने उनले बताए । झण्डै ५ करोड संकलन गर्ने योजनासहित कार्यक्रम आयोजना गरिएको र यसमा गुरुङ चलचित्रलाई माया गर्ने सम्पूर्णको साथ दिने उनले बताए ।

संस्थाका महासचिव लब्सन गुरुङले जिफानले विभिन्न चलचित्र तथा गीतसंगीत मार्फत गुरुङ समुदायको भाषा, कला र सस्कृतिलाई जोगाउन उलेखनीय भूमिका खेलेको बताए ।

संस्थाका उपाध्यक्ष सन्तोेष कोन्मेले कार्यक्रममा २०५२ सालदेखि हालसम्म निर्माण भएर जिफानमा दर्ता भई प्रदर्शन भएका चलचित्रको पोष्टर प्रोजेक्टर तथा बोर्ड मार्फत प्रदर्शन एवं गायकगायिकाद्वारा गीत प्रस्तुत गर्ने कुरा जनाए । यस्ता कार्यक्रम आयोजना हुँदा कोभिडपछि सुस्त भएको गुरुङ चलचित्र तथा गीतसंगीतको गतिविधि पनि बढ्ने कोन्मेको भनाइ छ ।

२०६५ सालमा स्थापना भएको जिफानमा हालसम्म १ सय ६० वटा चलचित्र दर्ता भएका छन् । २०५२ सालमा पाते निर्माण गरेपछि सुरु भएको गुरुङ चलचित्र देशको दोस्रो ठूलो बजारको रुपमा हेरिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२० थान मतपत्र बढी भेटिएपछि भिमदत्तनगरपालिका मतगणना स्थगित