काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि आइतबार मतदान हुँदै छ । निर्वाचनका लागि मतदान केन्द्रमा सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । मतदान गर्न सर्वसाधारण उत्साही देखिए पनि कतिपय शीर्ष नेताले आफंैलाई मतदान गर्न नपाउने भएका छन् ।
आपूm मतदाता रहेको क्षेत्रभन्दा फरक क्षेत्र तथा जिल्लाबाट उम्मेदवार भएका कारण शीर्ष नेताले आफैंलाई मतदान गर्न नसक्ने अवस्था छ । शीर्ष नेताहरू उम्मेदवार रहेको आफ्नाे क्षेत्रमै रहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रका मतदाता हुन् ।
मतदाता नामावलीमा उनी र उनकी पत्नी राधिका शाक्यको नाम भक्तपुर सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ मा रहेको महेन्द्र शान्ति मावि केन्द्रमा रहेको छ । तर, उनी झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका छन् । उनी झापामै रहेका कारण आफैंलाई मतदान गर्न पाउनेछैनन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आपूmले आफैंलाई मतदान गर्न पाउनेछैनन् । चितवन–३ का मतदाता रहेका उनी गोरखा–२ बाट उम्मेदार बनेपछि आफैंले आफूलाई मतदान गर्ने अधिकारबाट वञ्चित बनेका छन् । प्रचण्ड चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयको मतदाता हुन् ।
पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीको मतदाता नामावली रोल्पामा रहेको छ । तर, उनी काठमाडौं–२ बाट उम्मेदवार बनेका कारण आपूmलाई मतदान गर्न पाउँदिनन् । नेपाली कांग्रेसका नेताहरूमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, डा. शशांक कोइराला, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत पनि आफू मतदाता रहेको स्थानभन्दा फरक क्षेत्रबाट उम्मेदवारी दिएका कारण आपूmलाई मतदान गर्न पाउँदैनन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न डडेल्धुरा पुगेका सागर ढकालले पनि आपूmले आफैंलाई मतदान गर्न पाउनेछैनन् । त्यस्तै, काठमाडौ–६ मा मतदाता रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि चितवन–२ बाट उम्मेदवार बनेपछि आफैंले आफूलाई मतदान गर्नबाट वञ्चित छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौरबाट मतदान गर्ने भएका छन् । उनले रौतहटको गौर नगरपालिका–२ मा रहेको रामजानकी कन्या मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने नेपालको सचिवालयले जनाएको छ । उनी रौतहट १ बाट उम्मेदवार भएकाले उनले आपूmलाई मतदान गर्न पाउनेछन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाल आफंैले आफंैलाई मतदान गर्न पाएका थिएनन् ।
एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम जिल्लाको सूर्योदय नगरपालिका–९ का मतदाता हुन् । करफोकस्थित करफोक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नेछन् । खनाल इलाम १ बाट उम्मेदवार छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण मावि र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौंको मध्य बानेश्वरमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव सप्तरी २ बाट उम्मेदवार छन् । तर, उनको मतदाता नामावली मोरंगको विराटनगर महानगरपालिका १४ स्थित डिग्री क्याम्पसमा रहेको छ । यादवले समेत आफैंले आफंैलाई मतदान गर्न पाउनेछैनन् । यस्तै, जसपाका संघीय परिषद् अध्यक्ष नेता अशोक राई सुनसरीबाट उम्मेदवार रहेको र मतदाता नामावली उदयपुरमा भएकाले उनले समेत आपूmलाई मतदान गर्न पाउनेछैनन् । नेता राईले उदयपुरका चौदन्यगढी नगरपालिका–४ स्थित नारद आदर्श माध्यमिक विद्यालयका मतदान हुन् ।
नेसपाका वरिष्ठ नेता महेन्द्र राय यादवले सर्लाहीको रिपुर्वा नगरपालिका–९ स्थित रामजानकी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नेछन् । यादव सर्लाही २ बाट उम्मेदवार छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्नेछन् । यस्तै, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका–६ स्थित नमोबुद्ध मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट उम्मेदवार बनेका छन् । तर, सर्लाहीको बलरा गाउँपालिकामा उनको मतदाता नामावली रहेकाले उनले समेत आफंैलाई मतदान गर्न पाउनेछैनन् ।
लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित दुर्गाखोभारी जनता माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नेछन् । धनुषा क्षेत्र नम्बर ३ बाट पछिल्लो निर्वाचनमा विजयी महतो यो निर्वाचनमा सर्लाही २ बाट उम्मेदवार भएका छन् ।
लोसपाकै वरिष्ठ नेता अनिल झाले रौतहटको दुुर्गाभगवती गाउँपालिका–२ स्थित संस्कृत उच्च माध्यमिक विद्यालयका मतदान हुन् । तर, उनी धनुषा ३ बाट उम्मेदवार भएकाले झाले समेत आपूmले आफंैलाई मतदान गर्न पाउनेछैनन् ।
एमाले उपाध्यक्ष रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालय र उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ भण्डारास्थित भण्डारा अस्पताल केन्द्रबाट मतदान गर्नेछन् । कांग्रेसका उपसभापति धनराज गुरुङले स्याङ्जाबाट मतदान गर्दै छन् । उपसभापति गुरुङले गृह जिल्ला स्याङ्जाको अर्जुनचौपारीको खाल्टेस्थिति रानीचरी आधारभूत माध्यमिक विद्यालयमा मतदान गर्नेछन् ।
कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि धनुषाबाट मतदान गर्दै छन् । निधिले धनुषाको नगराइन नगरपालिकाको राजेश्वर निधि माध्यमिक विद्यालयमा मतदान गर्न लागेका हुन् । आप्mना हजुरबाको नाममा खोलेको माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्न लागेको नेता निधिले बताए ।