बैतडी । बैतडीको पाटन नगरपालिका ४ की ११३ वर्षीया मानमती देवि भट्टले मतदान गरेकी छन् । आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा उनले मत खसालेकी हुन् । पाटन ४ कै उदयदेव आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रबाट उनले खसालेकी हुन् ।
अब आउने नयाँ चुनिने प्रतिनिधि र नयाँ बन्ने सरकारले समाज विकासको योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनले सुनाइन् । ‘मैले देशको अवस्था र व्यवस्थाका लागि भएका घटनाक्रम नजिकेबाट देखेकी छु, अब देशमा स्थायीत्व होस, गरिवका दिन पनि आउन भन्ने चाहेकी छु,’ उनले भनिन् । जनताको दुःख बुझ्न सक्ने नेत्तृत्व चुनियोस भन्ने चाहेको उनले दोहोर्याइन् ।
तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)