काठमाडौंसहित तराईका जिल्लामा आजैबाट मतगणना हुने


काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना आजैबाट हुने जनाएको छ ।

आइतबार बिहान ७ बजेबाट देशभर निर्वाचन भइरहेको छ । उक्त निर्वाचनको मतगणना आइतबार राति ९ बजेबाट सुुरु हुने प्रम्ुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले काठमाडौंसहित तराईका जिल्लामा आइतबारबाटै मतगणना हु्ने जानकारी दिएका हुन् ।

हिमालीको जिल्लाको सोमबार बिहान ५ बजेबाट मतगणना सृुरु हुने जानकारी दिएका उनले प्रत्यक्षतर्फको ८ दिनभित्र र समानुपातिक तर्फको २२ मंसिरभित्र नजिता राष्ट्रपतिलाई बुझाउने जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

epaper

ताजा समाचार

पोखरा रंगशालामा गुञ्जिए अमृत