Thursday, August 5, 2021
Homeप्रदेशप्रदेश ३मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

,
sharethis

काठमाडौं । स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावले आज मध्याह्नपछि पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् ।

हाल देशका पश्चिमी भूभागलगायत अन्य पहाडी भूभागमा आङ्शिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । राति देशका पहाडी भूभागमा आङ्शिकदेखि सामान्य बदली रही देशको पूर्वी र मध्य भूभागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।

आइतबार देशका पूर्वी र मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा आङ्शिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार देशभर आङ्शिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशको पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले चट्याङबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव छ डिग्री र अधिकतम तापक्रम २४ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।

(Visited 231 times, 1 visits today)

आजको समाचार

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

साताका लोकप्रिय समाचार

यार्सा र जडीबुटी खोज्नेद्वारा व्यापक वन फडानी

बझाङ । बझाङको बहुमूल्य हिमाली वन क्षेत्र नासिँदै गएको छ । यार्सा र जडीबुटी खोज्ने वन प्रवेश गर्नेबाट व्यापक रूपमा वन फडानी भइरहेको भए...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

चापाकोट नगरमा स्वास्थ्य संकट

स्याङ्जा । कोरोना संक्रमण समुदायमा फैलदो अवस्थामा पुगेको भन्दै १० दिनलाई स्वास्थ्य संकट घोषणा गरेको छ । नगर प्रमुख शिबकुमार गिरीले एक विज्ञप्ति जारी...

नागरिक विश्वासको नागरिक सेवा

लोकतन्त्र नागरिकसम्म पुग्ने आधार भनेको सार्वजनिक सेवा हो । सार्वजनिक सेवा नागरिक विश्वास जित्न सक्षम हुनुपर्छ । तर, विश्वका सबै मुलुकहरू आप्mना नागरिकबाट आलोचना...

चलचित्र ‘कठपुतली’ अमेरिकाको ‘विन्टर फिल्म फेस्टिबलमा

काठमाडौं । नेपाली हरर चलचित्र ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेसनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा चयन भएको छ । आफ्नो चलचित्र यो महोत्सवमा चयन भएकोमा...

ट्रेन्डिङ

‘श्रीमान र सासुको यातना सहन नसकेर कल्पनाले गरेकी थिइन् आत्महत्या’

जनकपुरधाम । पति र सासुले यातना दिएकाले आफ्नी छोरी कल्पनाले झुण्डिएर आत्महत्या गरेकी उनकी आमा रिंकी पाण्डेले बताएकी छिन् । गत मंगलबार जनकपुरको विद्यापती...

मकालु ट्रेकिङमा विदेशीसँग आएका १५ भरिया अलपत्र

संखुवासभा । संखुवासभाको मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ जना भरिया सभापोखरीमा अलपत्र परेका छन् । विदेशी पर्यटकका भरियाका रुपमा संखुवासभा आएका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)