चर्चाले दंग सागर घिसिङ

काठमाडौं । शुक्रबार रिलिज भएको हिन्दी गीत ओ वेवफा…मा मुख्य भूमिकामा प्रस्तुत भएका अभिनेता सागर घिसिङ यतिबेला सोही गीतको कारण चर्चामा छन् । माधवराज खरेलको निर्देशनमा तयार भएको यो गीतको भिडियो अहिले भारतमा रुचाइएको छ । तामाङ चलचित्रमा आफ्नो अब्बल परिचय बनाएका उनी पछिल्लो समय नेपाली चलचित्र तथा म्युजिक भिडियोमा पनि छाउने गरेका थिए । यसै क्रममा उनले यतिबेला हिन्दी गीतको भिडियोमा पनि अभिनय गरेका हुन् ।

‘यो गीतको भिडियोको कथामा मंगोलियन अनुहार चाहिएको थियो । जसमा म चयन भएँ र मेरो अभिनयलाई अहिले नेपाल भारतका दर्शकले रुचाउनुभएको छ,’ सागरले भने ।

चुजी कलकारका रूपमा चिनिएका सागर तामाङ चलचित्रमा महँगो पारिश्रमिक लिने अभिनेता हुन् । थुप्रै तामाङ चलचित्रमा अभिनय गरेका उनका घ्रान, हल्ला लासी चलचित्र निकै लोकप्रिय छन् । आर्यनको तुलनामा मंगोलियन कलाकारलाई नेपाली चलचित्रमा फड्को मार्न निकै कठिनाइ हुने गरेको यी अभिनेताको कथन छ ।

संसारका तामाङबीच आफ्ना फिल्म र म्युजिक भिडियोको अभिनयबाट चिनिएका सागर आफ्नो भाषा संस्कृति जोगाउन पनि तामाङ चलचित्रमा सक्रिय रहेको बताउँछन्, ‘अहिलेको जमाना एक दमै आधुनिक छ र अहिलेका दर्शक पनि निकै आधुनिक छन् । त्यसैले उनीहरूलाई मनपर्ने शैलीको तामाङ चलचित्र बनाएर हामीले आफ्नो भाषासँगै संस्कृति ती चलचित्रमार्फत पस्कने गरेका छौं ।’ उनीहरूको चाहना अनुसारको तामाङ चलचित्र बनाएर मात्रै टिक्न सकेको पनि उनले बताए ।

अभिनेता सागर घिसिङका अनुसार तामाङहरूको गाउँगाउँपिच्छे फरकफरक खालको भाषा एवं संस्कृति छ । सोही कारणले पनि तामाङहरूको भाषा–संस्कृतिका समस्त विषय उठान गर्न निकै गाह्रो भइरहेको छ । जतिसक्दो तामाङ कलाकारहरूले आफ्नो आफ्नो संस्कृतिलाई चलचित्र तथा गीतसंगीतका माध्यमबाट उठान गर्ने कोसिस गरिरहेको अनुभव उनले सुनाए ।

बेलाबेलामा नेपाली म्युजिक भिडियोमा प्रस्तुत हुने गरेका सागरले थुप्रै तामाङ भाषाको भिडियोमा अभिनय गरेका छन् । तामाङ ब्याटल गीत…, सम्भ्रो…, ए विना ङा…, फ्याफुल्ला माया…, नेसी मुसुक्क…, पर्दा, मायाला रंग…, ज्यावा डाङ्वा…, जिन्दगी री…, टिङ मे धुक धुक…, ओई नाला…, जामेला कर्मा…, तिङ मी ढुकढुक र सारी आरे…जस्ता थुप्रै लोकप्रिय तामाङ गीतको मुख्य अभिनेता पनि सागर नै हुन् ।

उनको बुझाइमा पहिलेपहिले भाषा तथा संस्कृतिको जगेर्ना गर्नका लागि गाउँगाउँमा गएर माइकिङ गर्ने, एफ रेडियोबाट प्रचारप्रसार गर्ने परम्परा थियो । भाषा प्रचारका लागि सामाजिक सञ्जालले झनै सहज बनाएको उनको कथन छ, ‘सुरुमा रहरमा यस क्षेत्रमा प्रवेश गरेको हुँ, पछि काम गर्दै जाँदै मैले अभिनय र चलचित्र सम्बन्धी आवश्यक अध्ययन र तालिम लिएर व्यावसायिक रूपमा यो क्षेत्रलाई अँगालें ।’ जसका कारण मलाई आज तामाङ मात्र नभएर नेपालीदेखि हिन्दी भाषामा समेत काम गर्न निकै सहज भएको छ ।’

त्यो रात…, पिरोमा रैछ…, मेरो रूप…, च्याङ्वाले…, कोही छ कि…जस्ता थुप्रै नेपाली गीतको भिडियोमा मोडलिङ गरेका सागर घिसिङ यतिबेला आफ्नो नयाँ हिन्दी भिडियो ओ वेवफाको सफलताले दंग छन् ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
भरतपुर महानगरमा रेनु दाहाल सात हजार मतले अगाडी