सुनसरी १ मा राप्रपाको अग्रता

इटहरी । सुनसरी क्षेत्र नं. १ मा ६ सय मतगणना हुँदा राप्रपाले अग्रता लिएको छ । ६ सय मत गन्दा राप्रपाका अशोक राईले १७४ मत पाएका छन् ।

यस्तै, खरायो चिह्नबाट चुनाव लडेका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले १४१ पाएका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । रास्वपाकी शरिनले ७० मत पाएकी छन् ।

सत्ता गठबन्धनका उम्मेदवार बनेका माओबादी केन्द्रका मुक्सामहाङ सुब्बाले ७० मत र जसपाका अशोककुमार राईले २५ मत पाएका छन् । राईलाई एमालेको समर्थन छ ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका काफ्ले र उप प्रमुखमा चौधरी बिजयी