बैतडीमा एमालेको अग्रता कायमै

बैतडीमा प्रतिनिधिसभा र प्रदेशसभा तर्फ नेकपा एमालेको अग्रता देखिएको छ । सोमबार ५ बजेबाट सुरु भएको मतगणना अनुसार अहिले सम्म एमालेले अग्रता कायम गरेको छ ।

प्रतिनिधिसभामा ५ हजार ५ सय ७८ मत गणना हुदाँ एमालेका दामोदर भण्डारीले २ हजार ६सय २१ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट उनका प्रतिस्प्रधी आमोादीका नरेन्द्र कुवर(विजय सुन्दर)ले २हजार १सय ९१मत प्राप्त गरेकाछन् । राष्टीय स्वतन्त्र पार्टीका प्रकाश चन्द्र भट्टको १सय ७१ मत रहेको छ ।

प्रदेशसभा (क) तर्फ एमालेकै सुुरेन्द्र बहादुर पाल १हजार १सय ८०मत सहित अग्रता कायम गरिरहेका छन् भने, उनका प्रतिस्प्रधी स्वतन्त्र हरिमोहन भण्डारीले १हजार १सय ९मत प्राप्त गरेका छन् । यहाँ तेश्रो स्थानमा रहेको गठबन्धनकाकांग्रेश उम्मेदवार वीर बहादुर बिष्टले ७सय २४मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभा क्षेत्र (ख) तर्फ पनि एमालेकै लिलाधर भट्टले २हजार ७सय २मत सहित अग्र स्थानमा रहदाँ गठबन्धनका काग्रेस उम्मेदवार शिवराज भट्टले २हजार ५सय ८१ मत पाएका छन् भने राप्रपाका नारायण दत्त जोशीले १५६ मत प्राप्त गरेकाछन् ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'एमाले अध्यक्ष ओलीले पोखेको असन्तुष्टि वास्तविक होइन’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनराज र मञ्जु जीत नजिक