कास्की-१ मा एमाले, २ र ३ मा घण्टी अगाडि

पोखरा । कास्की क्षेत्र १ प्रतिनिधिसभामा नेकपा एमालेका मनबहादुर गुरुङले ८ सय मतान्तरको अग्रता कायम गरेका छन् । ६ हजार ७ सय मतगणनामा उनले ३ हजार ४ सय १२ मत प्राप्त गर्दा नेकपा कांग्रेसका किशोरदत्त बरालले २ हजार ६ सय २४ मत प्राप्त गरेका छन् । क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले २ सय २९ पाएका छन् ।

क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको सुरुआतदेखिकै अग्रता कायमै छ । हालसम्म ८ हजार मतगणनामा उनले २४ सय ३१ मत प्राप्त गर्दा एमालेकी विद्या भट्टराईले २२ सय ५७ र एकीकृत समाजवादीका श्रीनाथ बरालले १४ सय ३ मत पाएका छन् ।

कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता कायमै राखेका छन् । उनले ३३ सय ६ मत प्राप्त गर्दा एमालेका दामोदर बैरागीले २९ सय ५१ र माओवादी केन्द्रका रामजी बरालले १८ सय ७८ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 125 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
गठबन्धनको निर्णय : एकीकृत समाजवादी माओवादीकाे बराबर हैषियत !