भक्तपुर २ फेरी अग्रता बढाउँदैं कांग्रेसका दुर्लभ थापा

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणामअनुसार थापाले नौ हजार नौ सय २५ मत प्राप्त गरेका छन् । उनका निकतम प्रतिस्पर्धी नेकपा (एमाले)का महेश बस्नेतलाई नौ सय ६३ मतले अग्रता लिएका हुन् ।

पछिल्लो मत परिणामअनुसार एमालेका बस्नेतले नौ हजार २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताए । त्यसैगरी नेमकिपाका अनुराधा थापामगर दुई हजार सात सय ६३ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले एक हजार आठ सय १७ मतका साथ चौथो र राप्रपाका मोहन केसी एक हजार ६५ मतका साथ पाँचौं स्थानमा छन् ।

भक्तपुर २ मा ९१ हजार नौ सय ११ मतमध्ये ६५ हजार नौ सय १९ मत खसेको थियो । सो मध्ये २५ हजार पाँच सय ७२ मत गणना भएको छ । हालसम्म आठ सय २५ मत बदर भएको निर्वाचन अधिकृत पराजुलीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अख्तियारसम्बन्धी बिल अलपत्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पत्रकार गिरिश गिरीसहित वीरगञ्ज महानगरपालिकामा १९ जनाले दिए मेयरमा उमेद्वारी