काठमाडौं–२ मा रास्वपाकी सविना र ३ मा कांग्रेसका सन्तोष निर्वाचित

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सविना गौतम र ३ नम्बर क्षेत्रमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएकी छन् । सविनाले १५ हजार २ सय २९ मत ल्याएर निर्वाचित भएकी हुन् । उनको विजयसँगै रास्वपाले प्रतिनिधिसभामा खाता खोलेको छ । कांग्रेसका सन्तोषले १५ हजार १ सय ५८ मत प्राप्त गरे ।

सविनाको निकटतम प्रतिद्वन्द्वी मनिराम फुयालले ११ हजार ५ सय ५५ मत पाए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेलले ११ हजार ४ सय १४ मत प्राप्त गरेकी थिइन् । यो निर्वाचन क्षेत्रमा गठबन्धनबाट पूर्वसभामुख ओन्सरी घर्तीले प्रतिस्पर्धा गरेकी थिइन । उनी चौथो स्थानमा रहिन् । उनले ९ हजार ४ सय ४८ मत प्राप्त गरेकी थिइन् ।

काठमाडौं–३ का सन्तोषसँग पराजित नेकपा एमालेका कृष्णकुमार राईले ११ हजार १ सय ९६ मत प्राप्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९