पर्सामा एमालेका लागि गुप्ता नै ‘फष्ट एण्ड लाष्ट’ विजयी

पर्सा । पर्सा ३ मा साह्रै पेचिलो बनेको प्रतिनिधि सभा सदस्य तर्फको निर्वाचनमा अन्ततः नेकपा एमालेका राजकुमार गुप्ता विजयी भएका छन् । उनी नेपाली काँग्रेसका सुरेन्द्र प्रसाद चौधरीभन्दा १ सय ५१ मत अन्तरले मात्र विजयी भएका हुन् ।

गणना गर्न थालेदेखि नै एक–डेड सयको मात्र अन्तरमा कहिले चौधरी अगाडी त कहिले गुप्ता अगाडी हुदै अन्ततः गुप्ता नै विजयी भए । पर्साका अरु क्षेत्रका प्रतिष्पर्धीभन्दा जनताको एक–एक मतको नजिकबाट महत्व थाहा पाएका गुप्ता र चौधरीमा २०-२० हजार मत ल्याइ सकेपछि झन अत्यन्तै झिनो मत अन्तरले कहिले को पछाडी त कहिले को अगाडी हुँदै अन्तिममा गुप्ताले २४ हजार २ सय ६० मत ल्याएर रोकिए । उनको यतिमा रोकिएपछि भने काँग्रेसका चौधरीको पनि २४ हजार १ सय ९ मतभन्दा बढ्न नसकेपछि एमाले जसपाका साझा उमेद्वार गुप्ता दोस्रो पटक सांसद बनेका हुन् । उनी २०६४ को निर्वाचनमा निर्वाचित भई संविधान सभा सदस्य पनि भएका थिए ।

यता स्थानीय तहको निर्वाचनमा ५ वटा पालिकाको नेतृत्व जितेको एमालेका उनी यो पटकको निर्वाचनमा भने प्रदेश र केन्द्रका लागि फष्ट एण्ड लाष्ट विजयी हुन् । दुवै तर्फ गरी १२ सिट रहेको पर्सामा गुप्ता बाहेक अरु सबै सिट अन्य राजनीतिक दलको पोल्टामा परिसकेको छ । गुप्ताले भने पर्सामा एमालेका लागि जितको खाता खोली दिएर र आफू पनि विजयी बने ।

पर्सा २ मा काँग्रेसका चौरसिया विजयी
यता पर्साको क्षेत्र नम्बर २ को पनि प्रत्यक्ष तर्फको मत गणना सकिएको छ । प्रत्यक्ष तर्फ प्रदेश र प्रतिनिधि सभा सदस्यको सबैभन्दा अन्तिममा सकिएको मत गणनामा पर्साको क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका अजय कुमार चौरसिया विजयी भएका छन् । उनले एमाले जसपाका सामmा उमेद्वार सुरन्द्र प्रसाद कुर्मीभन्दा ६ हजार १६ मत बढी ल्याई विजयी भएका हुन् । चौरसियाले कुल २८ हजार ४ सय ५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी जसपाका कुर्मीले २२ हजार ४ सय ४५ मत मात्र ल्याएको पर्साको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत सुशिल देवकोटाले बताए । तेस्रो पोजिसनमा भने राप्रपाले २ हजार ७ सय ४० मत ल्याई पच्छ्याएको उनको भनाइ छ ।

पर्साको यो परिणाम सहित प्रत्यक्ष तर्फको प्रतिनिधि सभा र प्रदेश तर्फको सबै मत गणना सकिएको छ । प्राप्त नतिजा अनुसार पर्साको क्षेत्र नम्बर १ मा जसपाका प्रदिप यादव, २ मा काँग्रेसका अजय कुमार चौरसिया, ३ मा एमालेका राजकुमार गुप्ता र क्षेत्र नम्बर ४ मा पनि नेपाली काँग्रेसका रमेश रिजाल विजयी भएका छन् ।

प्रदेशमा को को भए विजयी
प्रदेश सभा सदस्य तर्फ भने पर्साका ८ सिट मध्ये ३ सिटमा काँग्रेस, २ सिटमा जसपा, अरु १-१ सिटमा लोसपा, माओवादी र स्वतन्त्र उमेद्वारले आफ्नो स्थान पक्का गरे । एमालेले भने प्रदेश सभा तर्फ खाता खोल्न सकेन ।

प्रदेश सभा तर्फ निर्वाचित हुनेहरुमा पर्साको १ को १ र २ मा माओवादीका रहबर अंसारी र जसपा उपाध्यक्ष समेत रहेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, २ को १ र २ मा काँग्रेसका श्याम पटेल र रमेश कुर्मी निर्वाचित भएका छन् । त्यसै गरी ३ को १ र २ मा पनि क्रमशः स्वतन्त्रका प्रमोद जयसवाल र नेपाली काँग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री निर्वाचित भए । पर्सा ४ को १ र २ मा पनि नेपाली काँग्रेसका शंकर चौधरी र जसपाका शिंहासन सा कलवार निर्वाचित भएका छन् । उनीहरु दुवै जना दोस्रो पटक प्रदेश सभामा दोहो-याउने सभाषद पनि हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाले मेयर र उपमेयरको उम्मेद्वार टुंग्यायो