धानको भकारी बाँध्दै, भोटको भकारी फुकाउँदै

हिजोआज इलेक्ट्रोनिक पढाइ हुन्छ, पठन संस्कृति पनि खासै छैन, बोर्डिङ स्कुलले मनग्गे पैसा लिन्छन्, नपढे पनि पास गराइदिन्छन् । बाल्यजीवन हाम्रो कठिन थियो पढ्नै पर्ने । बाह्रखरी पढ्दाको याद आउँछ ‘भ’ माने भकारी ‘ग’ माने गणेश, तर अहिले भकारीमा धान छैन, अबको पढाइ भनेको ‘भ’ माने भरिया भई ‘ख’ माने खाडीमा जाऊ भन्ने हो, र ‘ग’ माने गणतन्त्र हो र त देशको अर्थतन्त्र विप्रेषणमा चलेको छ, पेट भने विदेशको चामलमा । आमचुनाव वा दसैंतिहार केहिले रोक्न सकेन विदेश जान त्यो पनि रोजगारीकै लागि । देशमा नेताले ठूला ठूला भाषण दिए, समृद्धिको नारा पनि खन्याए, तिनलाई जिताउने दिन नै खाडीमा जाने नेपालीको भीड देखियो । चुनावको दिन मात्रै होइन विगत सबै दिन सायद विदेश नहिंडेको दिन छैन होला र त यस वर्ष एकमै करिब १० लाख नेपालीले पासपोर्ट बनाएका छन्, लोकतन्त्र, संघीयता, गणतन्त्रको उपहार यही हो ।

उब्जनीमा ओरालो त पहिले नै लागेको हो, धान, गहुँ, मकै सबैलाई चाहिने विदेशी रासायनिक मल हो, दुईतिहाइको सरकारले मल आपूर्ति गर्न सकेन, कहिले बंगलादेशबाट ऐंचोपैंचो भनिदियो, कहिले त आपैंm कारखाना खोल्ने पनि भनिदियो, देशमा नीतिप्रधान नभई नेताप्रधान भएपछि सबैजसो उद्योगधन्दा बत्ती बालेर खोज्नुपर्ने बेलामा मलको कारखानाबाट उत्पादन आउने भनेको मेलम्चीबाट काठमाडौं धुने पानी भन्ने उखानभन्दा कम हुन्न । जी टु जीबाट भारतबाट खरिद गर्दा पनि रेलबाट मल आउन २ सय २६ दिन लाग्ने रे, अलि अलि आएछ धान भिœयाइसकेपछि, ग्लोबल टेन्डरबाट, मरेपछिको कात्रो जस्तो । अहिले सबै दल खास गरी ठूला दलले देशमा रासायनिक मल कारखाना स्थापना गर्ने चुनावी एजेन्डा दिएका छन् ।

तर, त्यसमा लाग्ने लागतको स्रोत’bout कुरा गरेका छैनन् । अस्ति मात्रै भएको चुनावमा खिचडी सरकार आउने आँकलन छ, देश ५२ सालको सेरोफेरोमा जाने संकेत देखापर्दै छ, उही किनबेच, होटल बुक, अनि विदेश सेयर, सरकार दुई माने टिकेन, एक माने टिकेन, चौथाइवालाले पनि रजाइँ गरे । मरिहत्ते गरेर ठुलै खर्च गरेर गरेको चुनावको परिणति हेर्न लायक थियो मतदानकै दिन मार्ग चार गते मतदाता शीला खोजेर ल्याउनुपर्ने, भनौं राजनीतिक प्रणालीप्रति जनविश्वास घटेको छ, उत्साह छैैन, अल्पमतले रजाइँ गर्ने हो जसरी पनि ।

राजनीतिक दर्शन आफ्नाे माटाे सुहाउँदो नहुँदा यहाँ विदेशीहरू खुब घुम्छन्, रमाउँछन्

गहुँ, आलु बाली लगाउने बेला छ अहिले, कोरोनाको अर्को भेरियन्ट ओम्रिकन पत्तै नपाई यहाँ आयो, पछि डिंगो, आलोपालो सबै रोग यहीँ आउनुपर्ने, नभए सवारी दुर्घटनाबाटै धेरै सिध्दिनुपर्ने हाम्रो नियति भएको छ, चुनावकै दिन र भोलिपल्टै धेरै मानिसको मृत्यु भएको छ, दुर्घटनाबाट । मंसिरमा धान भिœयाउने बेला सबैजसो किसानलाई भोटको लाइनमा राख्यो देशले, किसानले अपेक्षा गरेको सिँचाइ, मल, बिउबिजन भने सरकारले उपलब्ध गराउन सकेको छैन, न सुलभ ऋण वा औजार नै, प्रविधि त कहाँ छ र कृषि यान्त्रिकीकरणको कुरा पनि बजेट वक्तव्यमा मात्रै हुने गरेको छ । मीन अर्थात् माछालाई पनि जाडो हुने, ५० दिनसम्म जाडोको संकेत मीन पचासको समय, घाँस, चरन एवं हरियालीमा कमी र मुख्य धानबाली भिœयाई वर्षभरि सुख, सन्तोष र धनधान्यकी प्रतीक लक्ष्मीको विशेष पूजा गरिने समय हो यो तर किसानका घरमा भकारी नदेखिनु अचम्मको विषय बनेको छ ।

कृषि प्रधान देश भन्न पनि असहज हुँदै छ । अर्बौं रकम विदेश पठाएर धान, चामलको आयात गर्दै छौं हामी । गहुँ, कोदो, भटमास, मकै, फापर, जौं, फलपूmल, माछा, मासु भनौं दैनिक खाद्यान्नका सबै सामान वा भनौं चाडबाडमा प्रयोग हुने सबैजसो सामान आयात भइरहेको छ र त देश विदेशी ऋणमा छ ठुलै व्यापार घाटामा छ, विदेशी मुद्रा सञ्चिति घटेको छ, अमेरिकी डलरको मूल्य वृद्धिले देशलाई मन्दीतिर धकेल्दै छ । नीति निर्माता भने केवल चुनाव, गठबन्धन, सत्ता बाँडफाँट, भनौं आप्mनो स्वार्थतिर छन् । लामो समयदेखि नेपालीले धानको भकारी भर्न पाएका छैनन्, कृषि उब्जनीमा लाग्ने हात खाडीतिर, खुट्टाहरू राजनीतिको झोला बोकी महाधिवेशन, दलको चुनावी प्रचारप्रसार, घरदैलो कार्यक्रममा व्यस्त देखिए र त देशमा हरेक दिन चुनावी माहोल मात्रै बन्छ, खेती र किसानी माहोल बन्दैन । कुनै बेला हामी धान चामल निर्यात गथ्र्यौँ, अहिले आयात । राजनैतिक दर्शन, आप्mनो माटो सुहाउँदो दर्शन यहाँ छैन र त यहाँ विदेशी खुब घुम्छन् जनता सुक्ने नेता फुक्ने दर्शन छ यहाँ । एउटै दलको महाधिवेशनमा ३० करोडसम्म खर्च भएको तथ्यांक आयो गत वर्ष । अहिले भएको चुनावको खर्च पनि मोटामोटी आइसकेको छ जुन गरिव देशका लगि असह्य हो ।

कृषि, गोरक्षा, पशुको सम्मान गोठपूजा, घरघरमा गैडुपूजाले संस्कार पाएको थियो पहिले, अब त्यो क्रम घटेको छ, सबैजसो सहरमुखी भएका छन्, गाउँका बारी, खेत जहाँ अन्न उब्जा हुन्थ्यो त्यहाँ असारे डोजरे विकास भएको छ, खेतमा पिच भयो तर पिचमा गुडाउने सामान विदेशबाट ल्याउने देश हो हाम्रो । कागदेखि सर्पसम्मलाई सम्मान गर्छौँ हामी, गथ्र्यौँ हामी, धान रोपाइँ गर्ने दिन खेतको आलीमै कपासको प्युरीसमेत राखेर नागको पूजा गथ्र्यौँ, सहकालका देवता भन्दै मत्स्येन्द्रनाथको पूजा गथ्र्यौँ, नाग पोखरी, सुन्धाराका नागदेवता, टौदहको नागदह, पशुपतिको बासुकी नाग, शिवगलाको नागमणि सबैलाई पूजा गर्छौँ अहिले पनि ।

किसानले धान भित्र्याएपछि धानको भकारीमा कुवेरको प्रतीक बिमिरो राखी धान्यलक्ष्मीको पूजा गथ्र्यौँ पहिले । हिजोआज खेतको खलाबाटै मोलतोल गरी केही उब्जाबालीलाई बजारमा पठाइने गर्नाले पनि धान भनौँ लक्ष्मीको सह भएको छैन र २ किलो चामल बजारबाट झोलामा प्याक गरी त्यो पनि स्कुटीमा राखेर कोठामा ल्याउने गरिएको देख्छौँ । नांग्लो, डालो, खेत, बारी, भकारी, नाम्लो, डोको, ढिकी, जाँतो, घट्ट, चोया, निगालो, बाँस, बाबियो, गोठ, गहँुत, गोबर आदि शब्द अब शब्दकोषमा सीमित भएका छन् । लक्ष्मी र गणेशको पूजा गरी धान्य पर्वत दान गर्ने समेत चलन भएको धान्यपूर्णिमा मार्गमै पर्ने हो त्यो पनि बिर्सन लागेको अवस्था छ । यसै दिन सामूहिक रूपमा मान्छेको उचाइ बराबर मौलो राखी वरिपरिबाट धानको पहाड लगाउनाले धनको वर्षा हुने मान्यता रहेको थियो पहिले, अहिले कसले बुभ्mने यी कुरा ? विज्ञान विज्ञान भन्दै हाम्रो ज्ञान भड्किएको अवस्था छ अहिले, पश्चिमाले बत्ती निभाएर गर्ने बर्थ डे संस्कृति जस्तो भएको छ ।

सिँचाइ, मल, बिउबिजन नदिए पनि मंसिरमा धान भिœयाउने बेला सबैजसो किसानलाई भोटको लाइनमा राख्यो देशले

नेवारी समुदायमा त मार्ग महिना योमरी खाने नामले पनि प्रचलित थियो, आफन्त बोलाउने, आ–आफ्ना धनसारमा धानको थुप्रोमा चामलको पिठोको लक्ष्मी, कुमार, गणेश बनाई पूजा गरी योमरी चढाउने गरिन्थ्यो । योमरी बनाउँदा शंख आकारले बनाइन्थ्यो, भित्रपट्टि सख्खर, मास, तिल, मुगी, केराउ पिँधेर चामलको पिठोमा हालिन्थ्यो । केटाकेटीलाई योमरी माग्न पठाउने गरिन्थ्यो । योमरी दिनेलाई आशीर्वाद दिइन्थ्यो, ‘चुच्चो भएको योमरी देऊ’, ‘खूब मिठो मानी खान्छाँै’, ‘शक्ति सम्पन्न भई सधंै तिमी तरुनी भइरहनू’ भन्ने आशीर्वाद पनि दिने गरेको सुनिन्थ्यो । वर्षैपिच्छे बच्चाको जन्म दिन योमरीको माला पनि आमाहरूले लगाइदिने चलन थियो । योमरीलाई देवदेवी सम्झी चार दिनसम्म धानको भकारीमा राख्ने गरिन्थ्यो ।

जाडो मौसममा योमरीभित्र रहेको मासु, तिल, सख्खर, चाकु, मुगी, केराउ यी पदार्थले स्वभावैले गर्मी गराउँथ्यो । हाम्रो शरीर खासगरी पृथ्वीको ऊर्जा सन्तुलनबाटै सञ्चालन हुने हो । योमरीको आकार दुईतिर चुच्चो हुन्छ, पृथ्वीको उत्तरी र दक्षिणी गोलाद्र्धको प्रतीक । गोलाकारलाई पृथ्वीका रूपमा हेरिन्छ । यसभित्र रहेको तिल र चाकु देवी शक्तिको प्रतीक मानिन्छ । मासुचाहिं गणेशको र मासलाई कुमारको प्रतीक मानिन्छ । माछा मासु नखानेले तिल, मास, केराउ, चाकु आदि राख्ने गर्थे, कृषि पेसासँगै सम्बन्धित हो यो काम । धानको भकारी भर्ने बेला अहिले नै हो, असारमा मानो रोप्ने मंसिरमा मुरी फलाउने । धेरै पहिले हाम्रो काठमाडौं उपत्यकामा खनजोत गर्नुहुँदैन, गरेमा अनिष्ठ हुन्छ भन्ने विश्वास अनुरूप केही उब्जनी गरिदैनथ्यो ।

एक जना आँटिलो लठेब्रो, परिवार कोही नभएको व्यक्तिले जे पर्ला भनी खनजोत गर्न थालेछ । बाली राम्ररी उब्जाएछ । उसलाई केही भएनछ । वीरको मृत्युपछि उसको नामै बलभद्र राखी उसको मूर्तिमा योमरी चढाउने गरिएकाले पनि नेवारी समुदायमा योमरीको चलन चलेको देखिन्छ । अब त संस्कृतिमा विकृति आएको छ, हरेक कुरालाई व्यावसायिक र फाइदाको रूपमा हेर्ने चलन बढेको छ, राजनीति नमिसिएको कामले प्राथमिता नै नपाउने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

पासपोर्ट बनाउदाका दुःख : विभिन्न जिल्लावाट राहदानी वनाउन काठमाडौं आएका सर्वसाधरण एक हप्तादेखी लाइनमा वस्दा पनि पालो नपाएको बताउछन् । पासपोर्ट बनाउन पालो कुर्दा कहिले काँही प्रहरीले लाठी समेत खानु परेको गुनासो छ । तस्विर : द्धारिका काफ्ले

epaper

भर्खरै

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९