जाडो याममा नविन र अस्मिताको पानी गीत

काठमाडौं । मँसिरको पहिलो सातामा काठमाडौंमा जाडो निकै चम्किएको छ । यस्तो जाडोमा पनि कलाकारलाई पानीमा भिजाएर छायाँकन गर्दै गायक नाविन पौडेलले आफ्नो नयाँ गीत पानी पर्यो छाता छैन…को भिडियो दर्शकमाझ ल्याएका छन् ।

लामो समयदेखि गायनमा सक्रिय नविनले यो भिडियो वर्षा याममै गर्ने योजना भए पनि विविध कारणले यतिबेला छायाँकन गरेर दर्शकमाझ ल्याएको बताएका छन् ।

पानी पर्दा छाता नभएका कारण भिज्नु परेको गुनासो यो भिडियोमा मोडल सरोज राना प्रजाले स्मारिक ढकालसँग गरेका छन् । गीतको एउटा अन्तरामा यी मोडलले पानीमा पानीमा भिज्दै नृत्य गरे पनि अन्य अन्तरामा उनीहरुले पानीमा भिज्नु परेको छैन । उनीहरुको नृत्य आकर्षक छ ।

यो गीतमा नविन पौडेललाई युगल स्वरमा गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् । गीतमा प्रकाश लामाको शब्द तथा संगीत छ । अघिल्लो पप गीत डल्ली…हिट भएपछि नविनले यो पनि नृत्य प्रधान गीत ल्याएको बताएका छन् ।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको यो गीतको भिडियोमा दिनेश पराजुलीको छायांकन, नविन निरौलाको सम्पादनको सम्पादन छ । गीतको भिडियोलाई शनिबार नेपमेलो च्यानलबाट रिलिज गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 6 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९