बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे धादिङ–१ बाट विजयी

धादिङ । धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे विजयी भएका छन् । उनले ३५ हजार नौ सय ३४ मत प्राप्त गरे ।

पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार चार सय ७५ मत प्राप्त गरेका थिए भने दुई हजार छ सय ३३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धादिङ क्षेत्र नम्बर १ मा एक लाख ३२ हजार तीन सय ५४ मतदाता रहेकामा ८० हजार छ सय १५ जनाले मतदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संसद विघटन गर्ने ओलीलाई किन भोट दिने : देउवा