विदेश मोह र ज्येष्ठ नागरिकका सास्ती

विश्वमा ७० वर्ष पार गरेका नागरिकलाई ज्येष्ठ नागरिकमा गनिने गरिए पनि नेपालमा अहिले ६८ वर्षको उमरेलाई नै ज्येष्ठ नागरिक मानेर सोहीअनुसार सेवासुविधा दिइएको छ । जसरी घरका साना बालबालिकालाई भगवान्का रूप मानिन्छ त्यसैगरी जीवनभर अनेकौं बाधा, अड्नचन खेपेर परिपक्व भएका घरका ज्येष्ठ नागरिकको सल्लाह, सुझावलाई पनि भगवानको बोलीअनुसार नै लिइन्छ । त्यसैले त दसैंमा टाढाटाढाबाट ज्येष्ठ नागरिकबाट आशीर्वाद थाप्न आफन्तहरू आउने गर्छन् । उहाँहरूले दिएको गालीलाई श्रापका रूपमा लिइन्छ । भगवानसँग नजिक हुन लागेका ज्येष्ठ नागरिकहरू भगवानसरह नै हुन्छन् । अहिले पनि कतिपय त्यस्ता परिवार छन् जहाँ घरका ज्येष्ठ नागरिकले नसुझाएसम्म घरबाट टाढा बाहिर निस्किँदैनन् । घरका ज्येष्ठ नागरिकलाई पहिले खाना नखुवाइ घरका अन्य सदस्यले खाना खाँदैनन् । घरमा ज्येष्ठ नागरिक भएकै कारण त समस्त परिवारको सिर्जना भएको छ । यो संसार चलेको छ ।

सन् २०२१ मा नेपालीको औषत उमेर ०.४ प्रतिशतले बढेर २०२२ पुग्दासम्म ७२ वर्ष पुगेसँगै कतिपय ज्येष्ठ नागरिकमा सास्ती पनि थपिँदै गएका छन् । कृषिमा आधुनिकीकरणसँगै प्रशस्त खानपिन, र स्वास्थ्य उपचारमा पहुँच भएसँगै ज्येष्ठ नागरिकको बाँच्ने उमेर पनि बढ्दै गएको छ । तर, यसले कतिपय ज्येष्ठ नागरिकहरूलाई खुसीभन्दा पनि बढी दुःखी बनाउँदै लगेको छ । केही दिन अगाडि माथिल्लो तलामा बस्ने एक जना आमाबुवाका नेपालमा उनीसँग बसिरहेका अन्तिम छोरा पनि विदेश उडेका छन् । छोराबुहारी पहिले नै विदेश उडे पनि नाति भने काका तथा हजुरबुवा, हजुरआमासँग नेपालमै बसेका थिए । ४ वर्षे नातिलाई लिन छोरा अस्ट्रेलियाबाट आएपछि कान्छा छोराको पनि अस्टे«लिया नै भिसा लाग्यो । अर्का छोरा ६ वर्षदेखि कोरियामा छन् । उनका कुनै पनि छोरालाई नेपाल बस्न मन छैन । भेटघाट तथा आप्mनो जन्मघरभन्दा प्यारो त केही हुँदैन । तैपनि, विदेशको सिस्टम र हाम्रो देशको लापरबाहीपन देख्दा नेपालमा बस्न खासै मन नभएको उहाँका छोराहरूले भन्नुहुन्छ । माइती काठामाडौं भएकाले ती हजुरआमा बुढेस कालमा दुई जना मात्रै बुढाबुढी भयौं, कसैको त सहारा चाहियो भन्दै माइती नजिकै डेरा सर्नुभयो । अब यसपालिदेखि दसैंको टीका, तिहारको सेलरोटी पनि अनलाइन नै खाने त होला नि छोराबुहारीले, बुढी आमाले आँखाभरि आँसु पार्दै भन्दै हुनुहुन्थ्यो ।

तीनवर्षे नातिलाई बिहानैदेखि लेज, कुरकुरे, खीर, लिटो खुवाएर हुर्काउँदा अति नै खुसी देखिने उहाँहरू अचेल निरास देखिनुहुन्छ । तीन जना छोरा, बुहारी नाति भएर पनि उहाँहरू एक्लै बस्नुपरेको पीडा बयान गर्न सकिने छैन । गाउँघरमा बसेका ज्येष्ठ नागरिकलाई देशकै राजधानी वा भारतबाट दसैंमा सन्तान घर फर्किने कत्रो आशा हुन्छ । टाढा देश गएकाहरू छिट्टै फर्किन सम्भव हुँदैन । सन्तान भेट्न आउने आशामा कतिपय ज्येष्ठ नागरिकले श्वास नै गुमाइसकेका हुन्छन् । अहिलेका ज्येष्ठ नागरिकको सबैभन्दा ठूलो पीडा सन्तानबाट टाढा एक्लिएर बस्नुरहेको छ । अरूलाई भन्ने बेला छोरो अमेरिका छ, छोरी अस्ट्रेलिया भने पनि चाडवाडको बेला, बिसन्चो हुँदा जब एक गिलास पानी भरेर दिने, दुई शब्द मिठो बोलिदिने पसलबाट औषधिसम्म किनेर ल्याइदिने मान्छे घरमा कोही हँुदैन उनीहरूको मन ज्यादै पोल्छ ।

सन्तान भेट्न आउने आशामा कतिपय ज्येष्ठ नागरिकले श्वास नै गुमाइसकेका हुन्छन्

हुन त अहिले सारा संसार नै ग्याजेटमा भुल्न थालेको छ । घरमा सँगै बस्ने ज्येष्ठ नागरिकसँग बोल्न न त छोराबुहारीको न नातिनातिनीको नै फुर्सद हुन्छ । काम भए काम ग¥यो, नभए मोबाइल हातमा समाएपछि दायाँबाँया नदेख्ने बानी घरका प्रत्येक सदस्यमा लागिसकेको छ । अझै कानमा इयरफोन हालेपछि त कसैले बोलाए पनि नसुन्ने, घरभित्रै वार्तालाप, सुखःदुखका कुरा हुन छोडिसके । घरमा पाहुना आउँदा पनि हेलोहाइबाहेक सिधै इन्टरनेटको पासवर्ड माग्ने चलन भइसक्यो । घरका ज्येष्ठ नागरिकलाई सन्चोबिसन्चो के छ, कुन अस्पताल, जचाउँनुहुन्छ, के औषधि खाइरहुनुभएको छ जस्ता सामान्य कुराहरू पनि ज्येष्ठ नागरिक भेट्न आउनेले समेत सोध्न छोडिसके । सोध्छन् त केवल इन्टरनेटको पासवर्ड, मोबाइल चलाउन पनि नजान्ने, आँखा कम देख्ने, कान कम सुन्ने जस्ता ज्येष्ठ नागरिकका पीडा झनै गहिरा छन् । न त घरपरिवारका सदस्यले केही समय दिएर उनीहरूसँग गफ गर्न बस्छन् न घरका बालबच्चा उनीहरूसँग कथा सुन्न जान्छन् । बोलिरहनुपर्ने मान्छेलाई दिनभरि दुई शब्द बोल्ने मान्छे पनि नहुँदा एक्लै बोल्न थाल्नुहुन्छ । आधुनिकीकरण बढेसँगै सबै जना एकै ठाउँमा बसेर रमाइलो गरेर खाने चलन थोरै मात्रै परिवारमा देखिन्छ । खाना बोक्दै कोही सोफामा त कोही टिभी कोठामा, कोही भने ओछ्यानमै मोबाइल चलाउँदै खाएको देखिन्छ । एक जना साथीका अनुसार घरका सदस्य, छोराछोरी सबैसँग भेट हुने भनेको खाना खाने टेबुलमा मात्रै हो, नत्र सबै आ–आप्mनो कोठामा हुँदा सन्चोबिसन्चो पनि पत्तो हँुदैन । उस्तै पनि बुढेसकालमा एक्लै, एकै ठाउँमा बसिरहनुपर्ने वृद्धवृद्धाको बाध्यतालाई ग्याजेटीकरणले झनै एक्याइरहेको छ । आमाको पछ्यौरीमा लटपटिरहने, बुबाको काँध चढेर खेल्ने छोराछोरीले बुढेसकालमा उनीहरूले खाए नखाएको समेत ध्यान दिन छोड्दा बुढ्यौली मन पिरोलिएको हुन्छ । उनीहरूले नै बनाएको घर, जोडेको सम्पत्तिमा कतिपय छोराबुहारीले मोज गरिरहेको भए पनि घरमा उनीहरूसँगै तुच्छ व्यवहार समेत गरेको देखिन्छ । घरका ज्येष्ठ नागरिकको नाममा कयौं धन सम्पत्ति भएपछि भविष्यमा त्यसलाई हात पार्ने स्वार्थले भए पनि कतिपय छोराबुहारीले भने ज्येष्ठ नागरिकको सेवा गरेको देखिन्छ ।

हाम्रै समाजमा कतिपय यस्ता उदाहरणहरू देखिने गरेका छन् जहाँ ज्येष्ठ नागरिकको सम्पत्ति छ भने बुढेसकालमा मजाले बसेर खान्छन्, छोराबुहारीले सेवा गर्छन् होइन भने आप्mनो पाखुरा चलुन्जेल काम गर्नुपर्छ, नसकेपछि सडकमा ल्याएर छोड्छन् या वृद्धाश्रम नै पु¥याउँछन् । गाउँघरमा भारतीय सेनाबाट निवृत भएकाहरू महिनाको अन्तमा हजारौं पेन्सन बुझ्दै ठाँटले खाइरहेका छन्, सानले हिंडिरहेका छन् भने गाउँघरमा पाखुरा खियाएर बस्नेसँग एकजोर जाडोमा लगाउने बाक्लो तातो लुगा समेत देखिँदैन । अझै ज्येष्ठ नागरिकमा पनि पुरुषहरू सामान्यतया आप्mनी श्रीमतीभन्दा उमेरले जेठो हुने भएपछि उनीहरूको मृत्यु समेत उनकी श्रीमतीभन्दा अगाडि नै हुन्छ । धेरैजसो पुरुषलाई श्रीमतीले अन्तिमसम्म साथ दिए पनि विधवा श्रीमती भने पछि एक्लै पर्छन् । पितृसत्तात्मक सोच भएको हाम्रो समाजमा ज्येष्ठ पुरुषभन्दा पनि ज्येष्ठ महिलाका पीडा परिवारमा झनै बढी छन् । पुरुषसँग घरपरिवारका सदस्य डराउने हुँदा उनलाई केही नभने पनि घरकी वृद्ध विधवा महिलालाई भने धेरैजसोले घरभित्रै हेप्ने गरेको देखिन्छ ।

यसकारण घरका ज्येष्ठ पुरुष सदस्यले आप्mनो मृत्युपश्चात् आफ्नी श्रीमतीलाई घरमा कष्ट नहोस् भन्नका लागि उनको नाममा केही रकम जम्मा गरिदिनुपर्छ । संसार सबै स्वार्थी नै छ । आप्mनो स्वार्थका लागि भए पनि मानिसले अरूको सेवासुश्रुवा गर्छन् । सबै परिवारमा ज्येष्ठ नागरिकसँग दुव्र्यवहार नभए पनि धेरैजसो परिवारमा हुने गरेको छ । यसको ज्वलन्त उदाहरण हो घरपरिवार, छोराछोरी हुँदाहुँदै पनि ज्येष्ठ नागरिकले वृद्धाश्रममा आफन्तको यादमा मृत्यु कुरेर बस्नुपरेको छ ।

सानो बिरुवालाई गोडमोल गरी हुर्काएजस्तै आप्mनो परिवारको पालनपोषण गर्ने घरमुलीलाई सदैव सम्मान गर्नुपर्छ

ज्येष्ठ नागरिकको खुसीलाई ध्यानमा राखेर हालै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक मिलन केन्द्रलाई अनुदान उपलब्ध गराउन कार्यविधि बनाएको छ । यसले घरमा एक्लै बस्न बाध्य ज्येष्ठ नागरिकबीच भेटघाट हुने अवसर जुटाउनेछ । निःशुल्क वा शुल्क लिएर सञ्चालन हुने यो अवधारणाले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभव युवापुस्तामा सार्ने वातावरण सिर्जना गर्नेछ, साथै यसले भेटघाटको समयमा ज्येष्ठ नागरिकको जीवन सहज, रमाइलो तथा उनीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत ल्याउनेछ । सरकारका तर्फबाट पशुपतिमा रहेको वृद्धाश्रमलगायत देशभर खोलिएका अन्य वृद्धाश्रमले घरपरिवार नभएका वा भएर पनि निकालिएका ज्येष्ठ नागरिकलाई गाँस, बास तथा स्वाथ्य उपचारको व्यवस्था गरेको छ ।

ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा, उपचारमा सहुलियत, सार्वजनिक सवारीसाधनमा छुटलगायतका कार्यक्रमले ज्येष्ठ नागरिकलाई सहज बनाएको छ । ६८ वर्षमै उपलब्ध हुने सामाजिक सुरक्षा भत्ताले कतिपय ज्येष्ठ नागरिकले चिया पिउन पाएका छन् । चार महिनामा एकचोटी प्रदान गरिने महिनाको ४ हजारको दरले पाउने १६ह्र हजारले बृद्धाहरूको अनुहारमा खुसी ल्याएको छ । ज्येष्ठ नागरिकको सम्पत्तिलाई ध्यानमा राखेर आवश्यकताअनुसार छोराछोरीहरूको आयलाई मूल्याकंन गर्दै प्रतिमाहिना आफ्ना आमाबुबाका लागि कम्तीमा पनि ५ हजार छुट्याउने अवधारमा पनि लागू गर्न सके धेरै ज्येष्ठ नागरिकलाई बुढेसकालमा भोग्नुपर्ने दुःख कष्टबाट केही मात्रामा भए पनि राहत मिल्ने थियो कि ?

आमाले नौ महिना पेटमा बोकेर दुःखकष्ट झेल्दै ज्यानकै बाँजी लगाएर जन्माएपछि दशधारा दूध चुसाएर, रातभर जाग्रम बस्दै हुर्काएका छोराछोरीले पनि आमा नसक्ने वृद्धावस्थामा हुँदा उनको रेखदेख गर्ने आप्mनो कर्तव्यबाट चुक्नुहँुदैन । जति दुःख गरेर आमाबुबाले छोराछोरीलाई हुर्काएका छन् बुढेसकालमा उनीहरूलाई आफूले सके जति आराम दिनुपर्छ, उनीहरूको सेवासुश्रुवा गर्नुपर्छ । आफूले खाइनखाई, फाटेका चप्पल, च्यातिएका लुगा लगाई छोराछोरीको चाहना पूरा गर्ने बुबाले लगाएको गुणलाई छोराछोरीले वृद्धावस्थामा आफूले सकेजति गुन गर्नुपर्छ । सानो बिरुवालाई गोडमोल गरी हुर्काएजस्तै आप्mनो परिवारको पालनपोषण गर्ने घरमुलीलाई सदैव सम्मान गर्नुपर्छ । आफूले आफ्ना छोराछोरी हुर्काउन कति दुःख गरेका छौं, उनीहरूलाई कति माया गर्छौं त्यस्तै हाम्रा आमाबुबाले पनि हामीलाई हुर्काएका थिए भन्ने कुरालाई कसैले पनि बिसर्नुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

एक रात नबित्दै उल्टियो माओवादी केन्द्रको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९