भगबती चौधरी निरन्तर अगाडी, गच्छदार पच्छाउँदै

सुनसरी। नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले आफ्नो अग्रता बढाउँदै लगेकी छिन् । सुनसरी क्षेत्र नं. ३ को प्रतिनिधि सभा निर्वाचनको मत गणनामा कांग्रेसका बिजयकुमार गच्छदारसँगको प्रतिष्पर्धामा चौधरी निरन्तर अग्रस्थानमा छिन् ।

पछिल्लो अपडेट अनुसार चौधरीले ११७१६ मत पाउँदा गच्छदार ७३२३ मतका साथ दोश्रो स्थानमा छन् । तेश्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ४८५५ मत प्राप्त गरेका छन् ।

सुरुवाती मत गणनामा मैनाली अग्रस्थानमा रहेपछि चौधरी अगाडी आइन् । इटहरीका १० वटा वडाहरु मध्ये शहरी क्षेत्रबाट स्वतन्त्रका उम्मेदवारले राम्रो मत पाएपनि ग्रामिण क्षेत्रहरुमा भगबती बलियो छिन् ।

चौधरी र गच्छदारको यो तेश्रो प्रतिष्पर्धा हो । योपटक गच्छदारको ७ औं पटक चुनाब जितेर सिंहदरबार छिर्ने योजनामा पूर्णविराम लाग्ने देखिएको छ । चर्चित ललिता निवास जग्गा प्रकरणका प्रमुख आरोपित गच्छदारलाई आफ्नै पार्टीका कार्यकर्ताले समेत भोट हालेनन् । इटहरीका ८, ९, १० नं. वडामा समेत उनी कमजोर देखिएका छन् ।

५ वर्ष अगाडी गच्छदारसँग झिनो मतान्तरले पराजय व्यहोरेकी भगबतीको राजनीति उचाई बढ्दो छ । ३० वर्षदेखि समाजसेवा, महिला सशक्तिकरण, वित्तीय संस्थाको नेतृत्व गर्दै राजनीतिमा उदाएकी उनलाई सिंहदरबार छिर्न बाटो खुलेको छ ।

आर्थिक सशक्तिकरण, पूर्वाधार विकास र युवा स्वरोजगारका विषयलाई प्राथमिकताका साथ अगाडी सारेर चुनाबी मैदानमा उत्रिएकी चौधरीलाई कांग्रेसीहरुले समेत समर्थन जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्याङ्जा क्षेत्र नं २ बाट धनराज गुरूङ विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९