आफ्नैले धोका दिए गच्छदारलाई, भगबती चौधरी जित उन्मुख

इटहरी । नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले बिजयकुमार गच्छदारसँगको अग्रता बढाउँदै लगेकी छिन् । गच्छदारको कोर एरियामा समेत चौधरीका पक्षमा मत आएपछि सुनसरी क्षेत्र नं. ३ मा यो पटक महिला नेतृत्व आउने देखिएको छ ।

करिब ३७ हजार मत गणना भइसक्दा भगबती चौधरीले ४ हजार ५ सय बढी मतले अग्रता कायम गरिरहेकी छन् । क्षेत्रको इटहरीका १० वटा वडा, दुहवी नगरपालिकाका ३ वटा वडा र एउटा इनरुवा नगरपालिकाको मतगणना हुँदा चौधरीको ४५५७ मतले अग्रता छ । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले इटहरीका एकाध वडाहरुमा मत हासिल गरेपछि भित्र क्षेत्रहरु गणना हुँदा पहिलोबाट तेश्रो स्थानमा पुगेको छ ।

गच्छदारले आफ्नै कोर एरियाको मत जोगाउन नसक्दा चौधरीसँग कमजोर देखिए । क्षेत्रको गढी गाउँपालिकाको वडा नं. १, दुहवी नगरपालिकाको वडा नं. ८ र ९ मा गच्छदारको करिब ७० प्रतिशत मत थियो । स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसका उम्मेदवारले जितेका यी क्षेत्रमा उनलाई कम मत आयो । दुहवी ८ सोनापुरमा २५ सय ६८ मत खसेकोमा गच्छदारलाई ९४० मत मात्र आयो, चौधरीले ४६ मतले लिड गरिन् । यस्तै दुहवी ९ को सम्पूर्ण मत गणना हुँदा गच्छदारले ११४ मतले अगाडी देखिए । यो क्षेत्रमा गच्छदार पक्षले ७० प्रतिशत मत खस्ने अनुमान गरेका थिए । इटहरीका १० वटा वडाहरुमा पनि गच्छदार कमजोर देखिए । वडा नं. ७, ८, ९, १० मा कांग्रेसको पकड भएपनि जनताले बगावत गर्दै घण्टी र सुर्यमा मत दिए ।

गच्छदारले ३१ वर्षसम्म केही नगरेको, आफ्नो मात्र स्वार्थ हेरेको, पुराना साथीहरुलाई समेट्न नसकेको तथा बहुचर्चित बालुवाटार ललिता निवास सरकारी जग्गा प्रकरणका मुख्य आरोपित भएकाले आफ्नै कार्यकर्ता रुष्ट थिए । साथमा यो पटकको निर्वाचनमा उनलाई किन जनताले जिताउने स्पष्ट एजेण्डा पनि थिएन । थारुको महिसा भन्दै क्लष्टर भोट तान्न खोजेपनि असफल भए ।

०६४ सालसम्म एकपक्षीय रुपमा चुनाब जित्दै आएका गच्छदार ०७० सालदेखि चौधरीसँगको प्रतिष्पर्धामा मुस्किलले जितिरहेका थिए । त्यसो त, यसअघिका दुई वटा निर्वाचन भगबती चौधरीसँग लड्दा ब्यापक धाँधली गरेको आरोप गच्छदारलाई लागेकाे छ ।

बिहीबार राती करिब ११ बजेतिर गच्छदार दुहवीस्थित कवर्ड हलमा आउँदा पुनः धाँधली पो हुने हो कि ? भन्ने आशंका उब्जियो । आधा रातमा एकाध कार्यकर्ता सहित मतगणना स्थल प्रवेश गर्ने ठाउँभन्दा फरक स्थानबाट सुरक्षा चेक जाँच नै नगराई गच्छदार प्रवेश गर्न खोज्दा विवाद उत्पन्न भएको थियो । त्यसमाथि गच्छदारलाई लिन प्रमुख निर्वाचन अधिकृत उमाकान्त पौडेल सहितको टोली मतगणना स्थल छाडेर बाहिर आएका थिए ।

गच्छदार शौचालय गएको भन्ने अधिकृत पौडेल खाना खान आएको भन्ने तर, मत गणना स्थलमा रहेका स्थानीयहरुले धाँधली र सड्यन्त्र गर्न खोजेको भन्दै प्रतिवाद गरे ।

सुनसरी क्षेत्र नं. ३ को करिब २५ प्रतिशत मत गणना हुँदा गच्छदार माथि चौधरी हावी भइरहेकी छिन् । अब दुहवी, गढी, बर्जुका कोर एरियाहरु गणना हुन बाँकी छ । ती क्षेत्रमा स्वतन्त्रको भन्दा पनि कांग्रेस र एमालेको संगठन बलियो छ । यद्यपि, यी क्षेत्रमा अधिकांश कांग्रेसीले विद्रोह गर्दै यो पटक सुर्यमा भोट हालेको अनुमान छ । पछिल्लो अपडेट अनुसार प्रत्येक वडाहरुमा भगबती चौधरीकै पक्षमा भोट देखिएकाले गच्छदारको राजनीति अवसान तर्फ उन्मुख भएको पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 633 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
धनगढी उपमहानगरमा त्रिपक्षीय प्रतिष्पर्धा