इटहरी । सुनसरी क्षेत्र नं. ४ मा स्थगित भएको मतगणना तत्काल सुरु नगरिए सडक संघर्ष गर्ने नेकपा एमालेले जनाएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका जगदीशप्रसाद कुसियतले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गरे ।
तत्काल कुनै निर्णय नभए सडक संघर्ष सुरु गर्ने उनको भनाइ छ । समय लम्बिँदै जाँदा कार्यकर्ता अशान्त बन्दै गएको उनले बताए ।
कुसियतले भने, “आज कुनै निर्णय भएन, मतगणना सुरु भएन भने हामी सडक मैदानमा हुनेछौँ । हामी सडक संघर्ष पनि गर्नेछौँ । वार्ता पनि गर्छौँ ।”
कुनै अप्रिय परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले लिनुपर्ने उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)