समाजको आवश्यकता व्यावहारिक शिक्षा

एकेडेमिक शिक्षा विश्वमै लोकप्रिय मानिन्छ । शैक्षिक प्रतिस्पर्धा पनि चुलिँदै गएकाले अहिलेका युवा पिँढीका लागि स्तरयुक्त शिक्षा जीवनको आधार मानिनु स्वाभाविक हो । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षा अहिले हरेक देशले प्रदान गर्दछ । एकेडेमिक शिक्षामा नेपाल पनि पछि छैन । कतिपय नेपाली विद्यार्थी शिक्षाको क्षेत्रमा विश्वमै चर्चित बनेका छन् । त्यो हामी सबैको निम्ति गौरवको विषय हो । ऐकेडेमिक शिक्षालाई सर्वोपरि ठान्ने अहिलेका पिँढीले भविष्य सुनिश्चित गराउने आधारकै रूपमा यसलाई हेरेको भए पनि एकेडेमिक शिक्षा मात्र जीवनको सर्वोपरि शिक्षा होइन भन्नेतर्फ ध्यान पु¥याएका छैनन् ।

वास्तवमा एकेडेमिक शिक्षाले व्यक्तिलाई अगाडि बढाउँछ । विश्व परिवेशअनुकूल स्थापित गराउँछ । यसैको माध्यमबाट सुखी र समृद्धि प्रदान गराउँछ । मानसम्मान र प्रतिष्ठा कमाउँछ तर त्यो अल्प समयकै निम्ति मात्र हो, जीवनभर सदावहार हुन सक्दैन भन्ने कुराको सोचसम्म युवा पिँढीमा देखिँदैन । तर, वास्तविकता त्यो होइन । एकेडेमिक शिक्षालाई मात्र हामीले सर्वोपरि मान्नुहुँदैन । हामीलाई जीवनयापनका निम्ति एकेडेमिक शिक्षा सँगसँगै व्यावहारिक शिक्षा पनि उतिकै आवश्यक हुन्छ भन्ने कुरा सबैले महसुस गर्नुपर्दछ । सामान्यतया एकेडेमिक शिक्षाले विश्व परिचित गराउँछ । विविध पक्षको ज्ञाता बनाउँछ । दिनचर्या सहज गराउँछ । सक्षम एवं सामथ्र्यवान भएसम्म टेवा दिन्छ तर जीवनको उत्तराद्र्धमा प्रवेश भएपछि एकेडेमिक शिक्षा आफैं निष्क्रिय बन्दै जान्छ भन्ने कुरा धेरैलाई विश्वास नलाग्ला ।

व्यावहारिक शिक्षा किन आवश्यक हो वा यसको आवश्यकता र महत्व बुझ्न हामीले आफ्नै बाल्यावस्था र समाजकै अग्रज पिँढीको दिनचर्यालाई हेर्नुपर्ने हुन्छ । अर्थात् बालक र वृद्धको जीवनयापन प्रक्रियालाई हेरे मात्रै व्यावहारिक शिक्षाको आवश्यकता र महत्व बुझ्न सकिन्छ । हरेक व्यक्तिको निम्ति आफ्नो परिवार नै पहिलो शिक्षालय हो भने परिवारका अग्रज सदस्य नै शिक्षक प्राध्यापक हुन् । उनीहरूबाटै हामीले प्रारम्भिक शिक्षा प्राप्त गरेका हुन्छौं । प्रारम्भमा परिवारबाट प्राप्त हुने प्रारम्भिक शिक्षाको स्तर पनि पारिवारिक वातावरणअनुकूल फरक–फरक हुन्छ भन्ने हामीले बुझ्नुपर्छ । पारिवारिक शिक्षाबाट हामीले आर्जन गर्ने ज्ञानमध्ये पारिवारिक सदस्यबीच गर्नुपर्ने माया ममता, आदर सम्मान, पारिवारिक एवं सामाजिक व्यवहार, आपसी सम्बन्ध, चालचलन र बानीबेहोरा तथा जीवनयापनको प्रक्रिया, सुनिश्चित भविष्य’bout प्राप्त हुने शिक्षा प्रमुख हुन् ।

पारिवारिक शिक्षा सबैको ज्ञानआर्जनको पहिलो चरण हो । यसपछि व्यक्ति विद्यालय शिक्षाको दोस्रो चरणमा प्रवेश गर्दछ । विद्यालय, महाविद्यालय, हुँदै विश्वविद्यालयबाट उच्च शिक्षा आर्जन गरेपछि खोज अनुसन्धानको अन्तिम चरण पार गर्दा व्यक्तिको औपचारिक शिक्षा पूरा भएको मानिन्छ । तथापि, व्यावहारिक शिक्षाको भने अन्त्य कहिल्यै हुँदैन । किनकि, बाँचुन्जेलसम्म नै मानिसले अनुकरणीय नयाँ कुरा सिकिरहेकै हुन्छ । यस परिप्रेक्षमा ज्ञान आर्जन गर्ने कार्य अनन्त हुन्छ । व्यक्तिले सामाजिक वातावरणभित्रै शिक्षा आर्जन गर्ने भएकाले सधैं ज्ञानवद्र्धक एवं सकारात्मक कुराहरू मात्र होइन नकारात्मक कार्य’bout पनि जानकारी पाउन सक्छ । तर, नकारात्मक कार्य’bout हानि तथा त्यसको अनुशरण गर्दा जीवनमा पर्न सक्ने कुप्रभाव’bout पनि व्यक्तिले जानकारी लिनुपर्दछ । यसपछि भने सकारात्मक एवं जीवनोपयोगी कुरा अनुशरण गर्दै जीवनयापन गरे संकटमा पर्नुपर्दैन भन्ने कुरा हामीले बुझ्नु जरुरी छ ।

हरेक व्यक्तिका निम्ति आफ्नो परिवार नै पहिलो शिक्षालय हो भने परिवारका अग्रज सदस्य नै शिक्षक प्राध्यापक हुन्

उच्च शिक्षा आर्जनपछि व्यक्ति व्यावहारिक जीवनमा प्रवेश गर्दछ । रुचि र क्षमताअनुसार कोही जागिरे, कोही उद्योग व्यावसायी एवं व्यापारी, कोही घरगृहस्थी, कोही समाजसेवी र कोही वैदेशिक रोजगारीमा पुग्छन् । व्यावहारिक जीवनमै व्यक्तिले आर्जन गरेको ज्ञान सामाजिक व्यवहारमै प्रदर्शित गरिन्छ । यस क्रममा कतिपय आफ्नो पेसा एवं व्यवसायमा चर्चित पनि बन्न सक्छन् भने कतिपय चर्चामा आउन सक्दैन । समान शिक्षा आर्जन गरे पनि कार्यक्षमता र व्यक्तिको व्यवहार र कार्यशैलीअनुसार कोही सुखी सम्पन्न पनि बन्छन् भने कोही बन्दैनन् । उत्कर्षमा पुगेको मानिसको व्यावहारिक चरण व्यक्तिमा हुने कार्य क्षमता एवं शक्ति भएसम्म कायम रहन्छ । काम गर्ने क्षमतामा ह्रास हुँदै गएपछि भने अपनाउँदै आएको पेसा एवं व्यवसायबाट अलग भै घरपरिवारमै सीमित बन्नुपर्ने अवस्था आइलाग्छ । यो हामी सबैको दिनचर्याको अन्तिम चरण हो ।

दिनचर्याको अन्तिम चरणमा पुगेपछि मानिसले आफूले गरेको विगतको कामकार्य, गरेको उन्नति प्रगति, कार्य गर्दा भोग्नुपरेको दुःख कष्ट, कार्यमा प्राप्त सफलता–असफलता, साथीसंगतिसँग गरिएको कार्यगत प्रतिस्पर्धा तथा कार्य सम्पादन गर्दा अपनाइएको आफ्नै व्यवहार र कार्यशैली स्मरण गर्दछ । कतिपयलाई आफ्नो जल्दोबल्दो जवानी कार्यगत निष्क्रियतामा पुग्ला भन्नेसम्म सोच नभएको हुन सक्छ । आफू आफ्नै खुट्टामा उभिन सक्षम छु, अन्य कसैको सहाराको आवश्यकता पर्दैन भन्ने सोच पनि कतिपयले गरेका हुँदैनन् । वर्षौं लगाएर आर्जन गरेको ज्ञान प्रयोग गर्नसम्म नसकिने वृद्धावस्थामा पुग्नुपर्दछ भन्ने कुरा पनि कमैले मात्र सोचेका हुन्छन् । जीवनमा भएको विगतको संस्मरणले अधिकांश व्यक्तिमा आत्मग्लानी पनि हुन सक्छ ।

जब व्यक्ति वृद्धावस्थामा वा जीवनको अन्तिम चरणमा प्रवेश गर्दछ त्यतिखेर भने उसको निम्ति एकेडेमिक मात्र होइन व्यावहारिक शिक्षा पनि उत्तिकै महत्वपूर्ण रहेछ भन्ने अनुभूति हुन्छ । युवावस्थाको जोशजाँगर, उन्नति प्रगति तथा ऐसआरामले ओतप्रोत व्यक्तिमध्ये कमैले मात्र आफू पनि एक दिन वृद्ध हुनुपर्दछ भन्ने सोच्छन् । तर, अधिकांशले मेरो जीवन अन्त्यसम्म अत्यन्त सुखसयलमै बित्छ भन्ने ठान्छन् । अहिलेका अधिकांश युवापिँढीमा यस्तो मानसिकता उच्च भएको देखिन्छ । अहिलेको युवावस्थाको जोशजाँगर, मानसम्मान, आर्जन र सुखसुविधा क्षणिक हो भन्ने कुरातर्फ उनीहरूको सोच पुगेको देखिँदैन । तर, समाजमा देखिएको सामाजिक अवस्थाबाट भने उनीहरू अनभिज्ञ छैनन् ।

एकेडेमिक शिक्षाले निश्चय नै व्यक्तिलाई सक्रिय र लाभप्रद बनाउँछ । यसैको माध्यमले शरीरमा ऊर्जा भएसम्म मानिसले प्रगति गर्न सक्छ । प्रगतिको शिखरमा व्यक्तिलाई पु-याउने यही एकेडेमिक शिक्षा जीवनको उत्तराद्र्धमा क्रमशः निष्क्रिय बन्दै जान्छ । एकेडेमिक शिक्षाको निष्क्रियता सँगसँगै व्यक्तिले हासिल गरेको व्यावहारिक शिक्षा भने क्रमशः व्यवहारमा सक्रिय हुने अवस्थामा आइलाग्छ । अधिकांश व्यक्तिको वृद्धावस्था दयनीय भएको हामीले देखेका छौँ । वृद्धवृद्धाको शारीरिक अवस्था नै बोझ बन्दै जान्छ । सन्तानकै निम्ति वृद्ध बुबाआमा नै बोझ बन्छन् । व्यावहारिक शिक्षाबाट परिपक्व बनेका युवा पिँढीले वृद्ध बुबाआमाको स्याहारसम्भार एवं पालपोषणमा निरन्तर ध्यान पु¥याउन सक्छन् । आफू प्रत्यक्ष उपस्थित हुन नसके पनि आवश्यक व्यवस्था मिलाउँछन् । जसले गर्दा वृद्धवृद्धाले शारीरिक आशक्तताको बोझ महसुस गर्नै पर्दैन । सन्तानका तर्फबाट हुने उचित रेखदेख, पालनपोषण, स्याहारसम्भार र औषधी उपचार एवं मायाममताले उनीहरू शारीरिक रूपमा आशक्त भए पनि मानसिक रूपमा सक्रिय र सन्तुष्ट बन्छन् ।

व्यावहारिक शिक्षा के हो र यो कसरी आर्जन गर्ने ?
एकेडेमिक शिक्षाजस्तो व्यावहारिक शिक्षा छुट्टै प्रशिक्षण केन्द्रबाट लिइरहनै पर्दैन । यो त पारिवारिक एवं सामाजिक वातावरण, रहनसहन, परम्परा, पारस्परिक व्यवहारकै देखासिखीबाट आर्जन हुन सक्छ । परिवार एवं समाजका अग्रज सदस्यहरू नै यसको शिक्षक प्राध्यापक हुन् । उनीहरूले अपनाएको अनुकरणीय व्यवहारबाटै हामीले व्यावहारिक शिक्षा प्राप्त गर्न सक्छौं । आफूभन्दा ठूलो वा ज्येष्ठ एवं मान्यजनलाई कसरी आदर सत्कार गर्ने ? उनीहरूले अरूसँग गरेको मिजासिलो व्यवहार अनुशरण गर्ने, सानालाई गर्ने स्नेह र प्यारको सिको गर्ने, व्यावहारिक कार्य गर्दा ज्येष्ठ सदस्यले अपनाएको मिजासिलो व्यवहार र कार्यशैलीको सिको गर्ने गरिए व्यावहारिक शिक्षा आर्जन गरेको ठहरिन्छ । यसैगरी, वृद्धावस्थाका हजुरबुबा, जिजुबुबा, जिजुआमाप्रति आफ्नै बुबाआमाले गरेको व्यवहार र आदर सत्कार जानकारी राख्ने, पारस्परिक सुसम्बन्ध र आत्मीयताबाट प्रभावित हुने, असहाय एवं अशक्तलाई सहयोग पु-याउने, विपन्नलाई आफूबाट हुन गर्न सक्ने सहयोग गर्ने, समाजसेवीको कार्यको अनुशरण गर्ने, सकेसम्म उनीहरूको कार्यमा सरिक हुने, गलत आचरण र व्यवहार अपनाउने व्यक्तिसँग संसर्ग नगर्ने, कुलतमा नफस्ने, सहयोगी भावना राख्ने, सेवालाई महत्व दिने यही पृष्ठभूमिमा एकेडेमिक शिक्षा आर्जन गर्ने व्यक्तिले व्यावहारिक शिक्षा हासिल गरेको मानिन्छ ।

पराइ देशमा स्थानीय बासिन्दासँगै घुलमिल गरी जीवनयापन गर्ने अवस्थामा बाल्यकालदेखि आर्जन गरेको व्यावहारिक शिक्षा निकै लाभदायक हुनेछ

एकेडेमिक शिक्षाले व्यक्तिलाई कार्यगत रूपमा दक्ष बनाउँछ भने व्यावहारिक शिक्षाले अशक्त अवस्थामा पनि बेसहारा हुन नदिने आधारशिला तयार पार्दछ । जीवनको उत्तराद्र्धमा बाल्यावस्थादेखि आर्जन गरेको व्यावहारिक शिक्षा आफ्नै लागि लाभप्रद बन्छ । एक्लो र बेसहाराको अनुभूति गरिरहनु पर्दैन । किनकि अहिलेको एकेडेमिक शिक्षाले हाम्रै सन्तानलाई जन्मस्थल र घरपरिवारबाटै अलग्याइएका दृष्टान्त अनेकौं छन् । प्रारम्भिक चरणकै स्ट्यान्डर्ड वान कक्षादेखि बोर्डर राख्ने, उच्च शिक्षाका लागि विदेश पठाउने, शिक्षा आर्जनपछिको रोजगारी एवं उन्नति प्रगतिका निम्ति विश्व परिवेश नै अहिलेको पिँढीको कार्यक्षेत्र बन्न सक्छ ।

त्यस्तो, अवस्थामा नयाँ पिँढीले तत्कालको लागि वृद्धावस्थाको परिणामबार नसोचे पनि उमेर ढल्कँदै र अशक्त हुँदै भएपछि भर्ने त्यसतर्फ ध्यान दिन बाध्य हुनुपर्दछ । किनकि, हाम्रो जवानी सदावहार हुँदैन । रोजगारी एवं पेसा व्यवसायको क्रममा विश्वको जुनसुकै क्षेत्रमा बसोबास गर्न पुगे पनि मानिस त्यहाँकै समाजमै रहने हो । स्थानीय बासिन्दाकैबीच जीवनयापन गर्ने हो । पराइ मुलुकलाई आफ्नो बनाई स्थानीय बासिन्दासँगै घुलमिल गरी जीवनयापन गर्ने हो, त्यो अवस्थामा पनि बाल्यकालदेखि आर्जन गरेको व्यावहारिक शिक्षा जीवनको उत्तराद्र्धमा लाभदायक हुन्छ ।

व्यावहारिक शिक्षाबाट फाइदा के छ ?
जतिसुकै उन्नति र प्रगति गरे पनि सबैले एकदिन त अशक्त बन्नै पर्दछ । असीमित धनसम्पत्ति आर्जन गरेको भए पनि अशक्त अवस्थामा भएको श्रीसम्पत्ति आफ्नै हातले उपभोग गर्न नसक्ने अवस्था पनि सिर्जना हुन सक्छ । सन्तानहरू साथैमा भए उनीहरूकै आश्रयमा रहनुपर्दछ । सन्तान साथमा नभए नजिकको नातेदार वा अन्य कुनै व्यक्तिकै भरमा जीवन गुजारा गर्नुपर्ने अवस्था आउँछ । यदि व्यावहारिक शिक्षामा पारंगत अशक्त व्यक्ति भए उसले एक्लो र असहाय महसुस गर्नु पर्दैन । ऊ एक्लो भए पनि साथ सहयोगीहरू अनेकौं वरिपरि हुन्छन् । सबैको सहारामा जीवन बिताउन सक्छ । आफ्नो श्रीसम्पत्ति पनि इच्छाअनुसारै प्रयोग गराउन सकिन्छ । शारीरिक अशक्तताको पीडामाथि थप पीडित प्रदान गर्ने चिन्ता र तनावबाट मुक्त भइन्छ । व्यावहारिक शिक्षाबाट जीवनको उत्तराद्र्धमा प्राप्त हुने लाभ नै अनन्य आत्मीयता हो ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित