बाजुरामा मतगणना तयारी


बाजुरा । निर्वाचन आयोगले बुधबार, बाजुरा र स्याङ्जा-२ मा मतगणना सुरु गर्न निर्देशन दिए लगतै बाजुरामा मतगणनाको तयारी तिब्र बनाईएको छ । सुरक्षा समितिको बैठक सकेर जिल्ला प्रशासन कार्यालयले सर्बदलिय बैठको आवह्वान गरेको हो ।

आजनै बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको हो । आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई नै सदर गर्दै मतगणना सुरु गर्न भनेको छ । बाजुराको बुढीनन्दा नगरपालिका-५ नन्देश्वरी माबिको मतदान केन्द्रमा स्थगित भएको मतदा संसीर १० गते पुनः गरिएको छ।

बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको आराेप लगाएका थिए । अन्यौलमा रहेको मतगणर्ना शुरु हुँने भएपछि सदरमुकामा चहलपहल बढेको छ । बाजुराको त्रिवेणी-७ को मतदानस्थलमा मतदन सकेपछि विवाद हुँदा प्रहरीको गोली लागेर सञ्जीव अयडीको मृत्यु भएको थियो । त्यस पछि कांग्रेस समर्थित समूहको कुटपिटबाट अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको ज्यान गएको आरोप लगाईएको छ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि