सुनसरी क्षेत्र नं. ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

इटहरी । सुनसरीको निर्वाचन क्षेत्र नं. ४ मा सञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदीशप्रसाद कुसियतले ३० हजार ३७१ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर एक सय १२ रहेको छ ।

०७४ को निर्वाचनमा तत्कालीन अर्थमन्त्री रहँदा कार्की यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले त्यसबेला नेकपा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।

एमालेका कुसियत भने यसअघि प्रदेशसभा सदस्य थिए । उनी शेरधन राई मुख्यमन्त्री रहँदा प्रदेश १ को वन तथा पर्यटनमन्त्री थिए ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
रुपन्देहीमा कांग्रेस सबै भन्दा बलियो, बुटवलमा लालकिल्ला तोडियो