मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

काठमाडौं । गायक छवि न्यौपाने र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो आँखामै हराएछु’को म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ । अमेरिकामा रियल स्टेट व्यवसायीका रुपमा आफ्नो भिन्न छवि बनाउन सफल गायक  न्यौपाने आफ्नो व्यवसाय सँगसँगै नेपाली गीत संगीतमा पनि तल्लिन रहँदै एकपछि अर्को सशक्त म्युजिक भिडियोहरू बजारमा ल्याउने क्रममा तिम्रो आँखामै हराएछु रिलिज गरेका हुन् ।

गायक न्यौपानेको तिम्रो आँखामै हराएछु मेलिनासँगको दोस्रो सहकार्य हो । यसअघि उनले मेलिनासँग यो जुनीमा तिम्रोमा स्वर भरेका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनमा छायांकन गरिएको भिडियोमा प्रेम र रोमान्सका रमाइला किस्साहरू देख्न सकिन्छ  ।

जहाँ प्रेमी आफ्नो सुनौलो संसारकी राजकुमारीलाई आफ्नो आफ्नो जीवनमा नै सजाउने सपना देख्छन् र रमाउँछन् । भिडियोमा आलिसा बास्तोला र लोमश शर्माले जीवन्त अभिनय गरेका छन् । 

कुमार मिश्रको शब्द, कर्मा ग्याल्छेन बम्जनको संगीत र फणिन्द्र राईको एरेन्ज रहेको गीतको छायांकन सुन्दर नगरी बुटवलमा गरिएको हो । गौतम बुद्धको जन्मस्थल लुम्बिनमा छायांकन गरिएको भिडियोमा प्रेम र रोमान्सका रमाइला किस्साहरु देख्न सकिन्छ  ।

जहाँ प्रेमी आफ्नो सुनौलो संसारकी राजकुमारीलाई आफ्नो आफ्नो जीवनमा नै सजाउने सपना देख्छन् र रमाउँछन् । प्रकाश धितालको निर्देशनमा तयार भएको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।

गायक छविले अहिलेसम्म एक दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका छन् । उनको नयाँ एल्बम पुण्य कर्म रिलिजको तयारीमा रहेको छ ।

भिडियाे लिंक : https://www.youtube.com/watch?v=zFJgfKsSBC0

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
मौन अवधि आज राति १२ बजेबाट, के गर्न पाइन्छ के पाइदैन ?