बारा । वीरगन्जका पत्रकार नरेश सर्राफको निधन भएको छ । बिहिवार बिहान सरार्फको मृत्यु भएको हो ।
आफ्नै घरमा व्यायम गरिरहेको अवस्थामा एक्कासी बेहोश भएर लडेका सराफलाइ अचेत अवस्थामा उपचारका लागि बीरगन्जको नारायणी अस्पताल पु-याइएकाे र अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषणा गरेको परिवारका सदस्यकाे भनाइ छ । उपचारमा संलग्न डाक्टरले हृद्यघातको कारणले मृत्यु भएकाे बताए ।
सगरमाथा टेलिभिजनका पर्सा संवाददाता, राष्ट्रसन्देश अनलाईनका सम्पादक प्रकाशक समेत रहेका सर्राफ लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील थिए । सर्राफको मृत्युको खबरले पत्रकारिता जगतमै शोक छाएको छ ।
सरार्फ समाजवादी प्रेस संगठन नेपाल र नेपाल पत्रकार महासंघ पर्साको कार्यसमिति सदस्य थिए ।
तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)