यस्तो छ मायाँ लुहार विभत्स हत्याको नालिबेली

बैतडी । बैतडीकी भागरती भट्टको बलात्कार पछि विभत्स हत्या भएको १ बर्ष पुुरा भयो । बैतडीमा पुुनः उस्तै प्रकृतिको घटना दोहोरिएको छ ।

भागरथीका बुवाको पहिल्यै मृत्यु भैसकेको थियो भने, नयाँ घटनाकी मृतकले पनि पहिल्यै बुवा गुमाइसकेकी थिइन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४की २१ बर्षीय मायाँ लुहारको सोमबार घाटी रेटि हत्या गरिएको छ भने, उनकी भदै १५ बर्षीय नेहाको घाँटी रेटिएको छ । गम्भीर घाइते नेहाको अहिले डडेल्धुरामा उपचार भैरहेको छ ।

मृतक मायाँको शव शिवनाथको जंगलमा भेटिएको हो भने, घाइते नेहा जंगलमै छटपटाइरहेको अवस्थामा भेटिएकी हुन् । नेहाको मुुखबाट अहिले टाइगर भन्ने शब्द मात्रै निस्कीरहेको छ । नेहाले भनिन् ‘मलाई मोबाइल दिएर टाइगरले मायालाई जंगलमा लगेको थियो, २–३ घण्टा पछि आयो र मलाई आक्रमण ग-यो ।’

यस्तो छ : घटनाको नालिबेली

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार र १५ वर्षीया नेहा लुहार गाउँकै अन्य दुई जना साथीसँग मंगलबार बिहान घरबाट निस्किए । लुगा सिलाउन उनीहरु पञ्चेश्वर गाउँपालिका–३ कुलाउ बजार गएका थिए ।

घरबाट कुलाउ पुग्न करिब डेढ घण्टाको पैदल यात्रा गर्नुपर्छ । माया र नेहा नाताले फुपु–भदै हुन् । उनीहरुसँगै गएका अन्य दुई जना बेलुका घर फर्किए । तर, माया र नेहा बेलुकासम्म घर फर्किएनन् ।

कुलाउमा इष्टमित्र बस्ने भएकाले उनीहरु त्यहीँ बसेको परिवारका सदस्यहरुले अनुमान गरे । तर, उनीहरु दोस्रो दिन बिहानसम्म पनि सम्पर्क नआएपछि परिवारले खोजी गरे । परिवारजनले इष्टमित्रलाई सम्पर्क गरे तर केहि पत्ता लागेन् ।

त्यस पछि परिवारका सदस्य र गाउँलेहरुले माया र नेहाको खोजीमा तिब्रता दिए । नेहालाई बुधबार दिउँसो गोठालाले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा फेला पारे ।

उनी घाइते अवस्थामा थिइन् । नेहाले मायाको घाँटी रेटर हत्या भएको सुनाइन् । गाउँलेहरुले प्रहरीलाई खबर गरपछि नेहाले भनेकै ठाउँमा मायाको शव भेटियो ।

मायाको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको हो । उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत रहेका थिए । माया म्यादी प्रहरी पनि थिइन् । घरबाट लुगा सिलाउन भनेर निस्किएकी माया कहिल्यै नफर्किने गरी अस्ताएकी छन् ।

घाइते नेहाको अहिले उपचार भइरहेको छ । स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एक शसस्त्र प्रहरीमाथि आशंका गरेका छन् । ती शसस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए ।

केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेका थिए । घरमा सोधीखोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेको बताएकी थिइन् । ती शसस्त्र प्रहरीका जवान अहिले फरार हुँदा उनीप्रति शंका बढेको स्थानीय बताउँछन् ।

‘शसस्त्र प्रहरीका जवानले केही दिन अगाडि मोबाइल खोसेको र अहिले उनी फरार रहेकाले आशंका बढेर गएको छ,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले घटनास्थलको काम सकेर शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको बताए । घटनाका बिषयमा अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 375 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !