काठको गुड्ने कार बनाएका युवाले बनाए पानी मिल

जुम्ला । जुम्ला गमगढी सडक खण्डबाट यात्रा गर्दै गर्दा जुम्लाको सिँजा गाउँपालिका वडा नम्वर २ चुलेल गाउँ छेउमा पानीबाट चल्ने मिलमा मार्सीधान कट्नेको भिड देखिन्छ । मिलमा बिहान भालेको डाँको सँगै सुरु भएको भिड झमक्क साँझ परेपछि मात्रै हट्छ । विज्ञानको दुनियाँमा इन्धन र विजुलीबाट चल्ने कुटानी पिसानी गर्ने मिलको दृश्य खास्सै नौलो होईन । तर चुलेलगाउँको आधुनिक मिललाई न इन्धन चाहिन्छ, न त विजुली । यो मिल पानी बाट चल्छ । यहि विशेषताले त सबैका लागि खास छ, पानी मिल । यो पानी मिल तिन महिना अघि सिँजा २ चुलेल गाउँका युवा प्रशान्त वडले बनाएका हुन् ।

एक वर्ष अघि जुम्लामा स्थानीय स्रोत साधनको सहायताले सोलारबाट चल्ने कार निर्माण गरेर ख्याती कमाएका युवाले अहिले पानीबाट चल्ने मिल निर्माण गरेर तीन गाउँलाई सुख दिएका छन् । सामान्यतया कुटानीपिसानी गर्ने मिल विद्युत र पेट्रोलबाट चल्छ तर बढ्दो पेट्रोलको महँगी र विद्युत अपर्याप्ताको बिचमा जुम्लाको सिँजा २ चुलेलगाउँका युवा प्रशान्त वडले पानीबाट चल्ने मार्सी धान कुट्ने मिल निर्माण गरेर सञ्चालनमा ल्याएका हुन् ।

जुम्लाका आठै पालिकामा मार्सी धान फल्छ, ढुँगाको ओखलमा महिलाले निकै कष्ट गरेर धान कुट्नु पर्छ । चुलेल गाउँको पानी मिलले ढुँगाको ओखलमा दुखका साथ महिलालाई धानकुट्नु पर्ने बाध्यता हटाएको छ । ‘मांर्सी धान ढुँगे ओखलमा कुट्दा महिलालाई निकै कष्ट हुन्थ्यो । ःश्रम पनि बढी खर्च हुन्थ्यो । बिहान बेलुका खाने धान कुट्न झण्डै दुई घण्टा हातमा ठेला उठ्नेगरि कुट्नु पथ्र्यो, अहिले तिन गाउँका महिलालाई हाई सुक छ, यो पानी मिलले ।’ सिँजा २ कि तारा आचार्यले भनिन् । इस्मरण होस्, एक वर्ष अघि यिनै युवा प्रशान्त वडले स्थानीय स्रोत साधनबाट काठको गाडि बनाएका थिए, जुन गाडि प्रति घण्टा २० किलो मिटर गुड्छ ।

रारा ताल जाने पर्यटक चुलेल गाउँको आँगनबाट ओहोर गर्छन । उनीहरु प्रशान्त वडले बनाएको काठको कार र पानी बाट चल्ने मिल अवलोकन गरेर प्रसंसा गर्छन । ‘काठको गाडि र पानी मिल बनाएर यि युवाले विज्ञानको दुनियाँमा दुर्गमको कला र क्षमता स्थापित गरेका छन्, यस प्रकारको सिप र कला सिमित व्याक्ति सँग मात्रै हुन्छ, राज्यले यस्ता प्रतिभाको संरक्षण गर्नु पर्छ ।’ रारा जान हिँडेका सप्तरीका विकेन्द्र चौंधरीले भने । पुर्खाले उहिल्यै पानी घट््टको आविष्कार गरे । अहिलेको समुदायको पनि पुर्खाको आविष्कार सदुपयोग गरिरहेको छ । युवा प्रशान्त वडले आविष्कार गरेको पानी मिल पनि जुम्ली समुदायको लागी अमर सम्पती हुने स्थानीय गोपाल रोकायाको बुझाई छ । पानी मिलमा झण्डै १० मिटर उकालो बाट पाईप मार्फत पानी खसाली टर्वाइन घुमाएर चलाइएको छ । युट्युव हेरेरै कार र पानी बाट चल्ने मिल बनाएका युवा प्रशान्त वड निकट भविष्यमा पनि प्रविधिमैत्री काममा जोड दिने बताउन्छन् । यस्ता प्रतिभालाई प्रोत्साहन गर्नु पर्ने देखिन्छ । प्रशान्तले बनाएको डागि सिञ्जा गाउँपालिकाले खस सँग्रहालयमा राख्ने भएको छ । सिँजा २ मा खस संग्रहालय निर्माणधिन छ ।

तपाइको प्रतिक्रिया
(Visited 381 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपा गाउँपालिकामा एमाले विजयी