एड्स विश्वको साझा समस्या

हरेक वर्षको डिसेम्बर १ तारिखका दिन नेपाललगायत संसारभरि विश्व एड्स दिवस मनाइन्छ । फलतः विश्वमा करिब ३ करोड ५० लाख मानिस एड्स रोगबाट संक्रमित रहेको तथ्यांक छ । तसर्थ, अहिलेसम्म ३५ मिलियनभन्दा बढी मानिसको मृत्यु एचआईभीका कारण भएको छ । यसर्थ सन् २०१० सम्ममा भने २.७ मिलियन मानिस मात्र एचआईभी संक्रमित भएका थिए । सन् १९९० को दशकमा विश्वव्यापी महामारीका रूपमा रहेको एचआइभी संक्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल हुँदै आएको सम्बन्धित निकायले जनाएको छ । विश्वले सन् २०१० देखि २०१९ सम्म एड्का कारणले हुने मृत्युदर ३९ प्रतिशतले घटाएकामा नेपालले ८५ प्रतिशतले घटाउन सफल भएको छ ।

त्यसैगरी, नयाँ संक्रमणको दरमा विश्वले २३ प्रतिशतले घटाउँदा नेपालले ६४ प्रतिशतले घटाउन सफल भएको छ । मूलतः सन् २०१९ को अन्तसम्म एचआईभीसहित बाँचेका ३ करोड ८० लाख छन् भने वर्षमा १७ लाख नयाँ संक्रमित थपिएका तथा हालसम्म ३ करोड ३० लाख तथा सन् २०१९ मा ६ लाख ९० हजारको मृत्यु भएको छ । यसैक्रममा उपचार पद्धति एआरटी पोजेटिभमध्ये ६८ प्रतिशत वयस्क, ५३ प्रतिशत बालबालिका र ८० प्रतिशत गर्भवती तथा स्तनपान गराइरहेकामा उपलब्ध छ । यसको साथसाथै कोभिड–१९ को महामारीले स्वास्थ्य सेवा नै अवरूद्ध पारेको बेला आधारभूत एचआईभी सेवा पनि रोकिएका छन् ।

तसर्थ, विश्वभरका मुलुकलाई अति आवश्यक एचआईभीका सेवाको निरन्तरता गर्न र यस सेवामा अग्रपंक्तिमा रही सेवा गर्ने स्वास्थ्यकर्मीलाई थप सुरक्षा दिन पनि अनुरोध गरेको छ । यस एचआईभी र एड्सको महामारी समाप्त गरौं भन्दै रेजिलेन्ट सेवामा विश्वव्यापी ऐक्यबद्धताका साथ अगाडि बढ्नुपर्ने आजको आवश्यकता भइसकेको छ । यसरी, नै एक अनुसन्धानबाट प्राप्त जानकारीअनुसार रगतमा १८ हजार, वीर्यमा ११ हजार, योनिरसमा ७ हजार, गर्भको शिशु वरिपरि हुने पानीमा ४ हजार र ¥यालमा १ हजार प्रतिमिलिलिटर एचआईभी विषाणु पाइने गर्दछ । यसैअनुसार असुरक्षित यौनसम्पर्कबाट ८० प्रतिशतमा सर्ने भए पनि पुरुषबाट महिलामा संक्रमण हुने सम्भावना दोब्बर छ ।

एड्स सर्ने रोग भएकाले यसको रोकथामका नवीनतम् प्रयासलाई समुदायस्तरमा विस्तार गर्न जरुरी छ

यसर्थ एचआईभीका कुरा गर्दा संसारभरि नै तीनवटा शून्य अर्थात् थ्री जिरोको अवधारणा अत्यन्त चर्चित रहेको छ ः यसमा प्रथम शून्यले एचआईभी संक्रमितको मृत्युदर शून्यमा पु¥याउने, दोस्रो शून्यले नयाँ एचआईभी संक्रमण दर शून्यमा पु¥याउन र तेस्रोले एचआईभी संक्रमितप्रतिको भेदभाव दर शून्यमा पु¥याउने कटिबद्धता जनाँउदछ ।

यदि कुनै पनि व्यक्तिलाई एचआईभी भयो भन्दैमा यौन जीवन समाप्त पनि हुँदैन । यसमा विवाह गर्ने र नगर्ने तथा सन्तान जन्माउने वा नजन्माउने दुवै जनाको सहमतिमा हुने कुरा हो तर रोग सर्न नदिन ज्ञान, उपाय, सीप तथा साधन हुनु भने एकदमै जरुरी हुन्छ । यसर्थ, यौनजीवनको निरन्तरता दिनुको आधारस्तम्भ कन्डमको नियमित र सही प्रयोग नै हो । यसैक्रममा विकासोन्मुख देशमा सिसीको दूधको सेवनको जोखिमका कारण स्तनपानलाई छुट दिइएको छ । कतिपयले त स्तनपान गराउने निर्णय भए ६ महिनासम्म आमाको दूध मात्रै, त्यसपछि एकैपटक खाना खुवाउन थाल्नुपर्छ ।

यसको साथै आमाको दूधको मुन्टामा घाउ, रक्तश्राव छ भने दूध नै नखुवाउने, शिशुको मुखमा आएका सेतो टाटाको तुरुन्तै उपचार गर्ने, स्तनपानको दौरानमा शिशुलाई एन्टिरेट्रोभाइरल औषधि उपचार दिने गर्नुपर्दछ । हाम्रो देशको कुरा गर्ने हो भने एचआईभीको प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो । यसरी मुलुकमा कुल जनसंख्याको १ प्रतिशतभन्दा कमलाई मात्र महामारी भएको भन्ने बुझिन्छ । यसरी, देशमा एचआईभीको जोखिममा धेरै भएका समूहमा मुख्यतः वैदेशिक रोजगारीका क्रममा विदेश जाने कामदार र तिनका परिवारहरू, पुरुषसँग शारीरिक सम्पर्क गर्ने पुरुषहरू, सुईद्वारा नशा सेवन गर्ने व्यक्ति र असुरक्षित यौनकर्म गर्ने महिला यौनकर्मी र तीनका सेवाग्राहीहरू रहेका छन् ।

यसरी, अर्कोतिर हेर्ने हो भने एक त यौनजन्य क्रियाकलापका लागि अत्यन्त संकुचितत समाज अनि असुरक्षित यौनजन्य क्रियाललापका कारणले हुने संक्रमण भएकाले नेपालमा एचआईभी संक्रमित धेरै समयसम्म लुकेर बस्थे तर उपचारात्मक अनि परामर्शात्मक सुविधातर्फ जाने गर्दैनथे । अपितु, नेपाल र भारतको खुला सीमा अनि मौसमी कामका लागि भारत तथा वैदेशिक रोजगारीका लागि जाने नेपाली युवाको लस्कर लामै हुने भएकाले अनि ती युवालाई यौनजन्य संक्रमणलगायत एचआईभी’bout जानकारी दिन नसकेकाले पनि उनीहरू यस्ता जोखिमपूर्ण यौन क्रियाकलापमा संलग्न हुन्थे ।

उनीहरू आफ्नो देशमा फर्किँदा रगतमा एचआईभी संक्रमण लिएर फर्कने यो जमातले आफ्ना श्रीमतीमा यो संक्रमण जानअन्जानमा सार्न पुग्दथे । त्यसपश्चात् जन्मेका धेरै एचआईभी संक्रमित बालबालिका आज पनि हामीमाझ समाजभित्रै छन् । उनीहरूमध्ये अधिकांश अनाथ छन् र उनीहरूको उचित शिक्षा अनि सहज जीवनयापन अझै पनि सुनिश्चित गर्न नसकिएकोमा आजको यो दिन अर्थात् विश्व एड्स दिवसमा थप पैरवी अनि प्रभावकारी सकारात्मक कदमप्रतिको एक्यबद्धता हुन जरुरी छ । सन् २०१० मा संक्रमतिमध्ये ६८ प्रतिशत लागूऔषध दुव्र्यसनी थिए भने हाल यो ६ दशमलव ८ प्रतिशतमा झरेको छ । यसरी नै आव २०७६÷७७ मा ७ सय ३९ जना एड्सका बिरामीको मृत्यु भएको थियो । अहिले मृत्युदर निकै घट्दो छ । सन् २०१० मा एचआइभी संक्रमितको मृत्युदर ८५ प्रतिशत थियो ।

विदेश गएका स्वदेशमा फर्किँदा एचआईभी संक्रमण लिएर फर्कने हुँदा आफ्ना श्रीमतीमा यो संक्रमण जानअन्जानमा सार्न सक्छ

आव २०७६-७७ मा २ हजार ४ सय १६ जना नयाँ एचआईभी संक्रमित फेला परेका छन् । यसर्थ केन्द्रका अनुसार अहिले १९ हजार ४ सय १० जना बिरामी एचआईभी एड्सको उपचार प्रणाली एन्टी रेट्रो भाइरल थेरापी (एआरटी) कार्यक्रममा सहभागी छन् । हाल १ सय ८५ वटा अस्पतालबाट र गर्भवती महिलाको सबै अस्पतालबाट एचआइभी परीक्षण गर्न सकिने व्यवस्था भएको जनाइएको छ ।

समग्रमा भन्नुपर्दा यही सन्दर्भलाई हेर्ने हो भने विश्वव्यापी रूपमा जनस्वास्थ्य र विकासकै चुनौतीका रूपमा देखिएको एचआईभी एड्सको रोकथाम र नियन्त्रणका लागि विभिन्न प्रयास सुरु भएका छन् । तर, जोखिम समूहमा एचआईभी संक्रमण अझै पनि बढ्दो क्रममा भएकाले रोकथामका नवीनतम् प्रयासलाई समुदायस्तरमा विस्तार गर्न जरुरी छ । केही क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त अनुभव र सिकाइले स्थापित भएका रोकथाम, परीक्षण र उपचारका नयाँ प्रविधि र अभ्यासलाई पनि कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

यी प्रयास पर्याप्त जनशक्ति र प्राविधिक क्षमताको अभावले गर्दा अपेक्षा गरेअनुरूप स्थानीय तहमा प्रभावकारी रूपमा विस्तार हुन सकेका छैनन् । मूलतः सरकारले सन् २०३० सम्ममा एचआईभी एड्स महामारीलाई अन्त्य गर्ने अर्थात् नयाँ संक्रमण शून्यमा झार्ने, शून्य मृत्यु र शून्य भेदभावको लक्ष्य लिएको छ । त्यस्तै, सन् २०३० सम्म ९५–९५–९५ को लक्ष्य पनि राखेको छ । जसमा ९५ प्रतिशत संक्रमितले आफ्नो अवस्था’bout थाहा पाउने, तीमध्ये ९५ प्रतिशत एआरभी औषधि उपचारको पहुँचमा हुने र औषधि खानेमा ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून हुने लक्ष्य राखिएको छ ।

सन् २०२६ सम्ममा आमाबाट शिशुमा हुने संक्रमण उन्मूलन गर्ने लक्ष्य छ । यसको साथसाथै एआरभीको पहँुचमा ६९ प्रतिशत छन् । वार्षिक रूपमा विनियोजित ५६ करोड बजेट औषधि खरिदमा नै अपुग भएको गुनासो सम्बन्धित क्षेत्रको रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपीले दिए स्वतन्त्र उम्मेद्वारी