काठमाडौं । नेपालीदेखि अन्य एक दर्जन भाषाभाषीका गीत समेटर आयोजना गरिने ‘छैटौं राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’ को घोषणा गरिएको छ ।
घोषणासँगै यो अवार्डका लागि आवेदन खुला गरिएको पनि आयोजक कमला जोशीले एक विज्ञप्तिमार्फत बिहीबार जानकारी गराएकी छन् । यो अवार्डका लागि सन् २०२२ भरि रिलिज गरिएका गीतले भाग यो अवार्डका लागि काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई, लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीत र भिडियोले सहभागी जनाउन पाउने पनि आयोजक पक्षले जनाएको छ ।
‘उक्त अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषा–भाषिका गीत संगीतलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिलेसम्मकै बृहत् संख्याका भाषा–भाषिका गीतको उत्साहपूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डका रूपमा लिने गरिन्छ ।’ आयोजक कमला जोशीले जनाएकी छन् । यो अवार्डको पुसको अन्तिममा मनोनयन सार्वजनिक गरिने र माघमा अवार्ड आयोजना गरिने उनले बताएकी छन् । गीत दर्ता गर्न आवेदनको अन्तिम मिति पुस २५ गतेसम्मका लागि तोकिएको आयोजक समितिले बताएको छ ।