तेस्राे माछापुच्छ्रे म्याराथनमा जुम्लाका दल बहादुर र मञ्जुले बाजी मारे

जुम्ला । पाेखरामा सम्पन्न तेस्राे माछापुच्छ्रे म्याराथनमा जुम्लाका दल बहादुर कुँवर र मञ्जु रावत प्रथम भएका छन्।

अन्तरास्ट्रिय धावक समेत सामेल माछापुच्छ्रे दाैड प्रतियोगितामा समग्रमा दल बहादुर कुँवर र महिला तर्फ जुम्लाकै मञ्जु बुढाले बाजि मारेकाे कर्णाली स्पाेर्ट क्लवका अध्यक्ष शराेज शाहीले जानकारि दिएका छन् ।

तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मीका उदयीमान धावक दल बहादुर कुँवरले याे जित सहित याे वर्ष म्याराथनमा ह्याट्रिक पूरा गरेका छन्। रुकुम पश्चिम काे गुरिल्ला ट्रेल रेस, ताप्लेजुङ काे म्याराथन र माछापुच्छ्रे म्याराथनमा लगातार बाजि मारेर म्याराथनमा ह्याट्रिक गरेका छन्। दल बहादुर कुँवर र मञ्जु बुढा कीर्तिमानि धावक हरि राेकायाका प्रशिक्षार्थी हुन्। कर्णाली स्पाेट्स क्लवमा आवद्व दल बहादुर म्याराथनमा लगातार चम्किरहेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
एमालेकाे लालकिल्लामा मेयर जितेर इतिहास रचिन् मीना लामाले