प्रादेशिक अस्पताल कलैयाको सुधार हुनुपर्छ : सांसद साह

बारा । बाराको प्रादेशिक अस्पताल कलैयाको सुधार हुनुपर्ने संसद ज्वालाकुमारी साहले बताइन । आईतवार कलैया अस्पतालमा बिरामीहरूसंग भेटघाट गर्दै अस्पतालमा अझ सुधार गर्नुपर्ने बताईन । प्रदेश २ का विधायक महम्मद समिर र रविन्द्र श्रेष्ठसंगै बिरामीहरुसंग भेटघाट गर्दै बिरामीहरुले अस्पतालमा भोग्दै आएको समस्याको अनुगमन गरिन ।

अस्पतालमा पहिला भन्दा धेरै सुधार समेत भएको बताईन । नेपाल सरकारबाट मान्यता प्राप्त ५० शैय्याको अस्पतालमा ९० बेड को सेवा दिनु सराहनीय रहेको प्रशंसा समेत गरिन । अस्पतालमा गर्भवतीको सिएस, दुर्घटनाबाट ग्रसितहरूको लागि चाहिने रगतको अभावले बिरामी रेफर गर्ने कार्यको तुरून्त समाधान गरि रक्त केन्द्रको स्थापना हुनु पर्ने उनले बताईन ।

अस्पतालमा ओपिडिको पुर्जी काटने देखी लिएर, पैथोलोजी, एक्सरे लगायतमा जनशक्तिको कमि समेत देखिएको बताईन । उपचारमा आउने बिरामीहरुसंगको शिष्टाचार व्यवहार गर्नुपर्ने साहले बताईन । नया जोश जाँगर भएका स्थानीय मेडिकल सुपरिटेन्डेन्ट, डाक्टरको सहयोगले अस्पतालले राम्रो गर्न खोजेको प्रदेश सभा सदस्य रविन्द्र श्रेष्ठले बताए । हामीले कुनै राजनितिक स्टन्ट गर्न नखोजेको समेत उनले बताएका छन् ।

तीनै तहको सरकारमा नेकपा एमालेको प्रतिनिधि रहेकोले हामी झन हातेमालो गर्न खोजेको अस्पतालको उन्नती पहिला भन्दा बढी हुनेमा हाम्रो चाहना रहेको नव निर्वाचित विधायक महमद समिरले बताए ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रको सुधारको लागि
अस्पताल प्रशासन र नव निर्वाचित प्रतिनिधिहरूसँग सोमवार बैठक बस्ने अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल जैयसवालले जानकारी गराएका छन् । प्रतिनिधि सभा सदस्य, प्रदेश ( क ), (ख) र कलैया उप-महानगरमा तिनै तहमा नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रतिनिधि विजयी भएका छन् । अब विकासको लहर आउने आशा समेत गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
रौतहटमा मतदाताले नै मतपेटिका लिएर भागे