‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे


काठमाडौं । पोल्यान्डविरुद्ध प्राप्त ३–१ को जितमा दुई गोल गरेसँगै युवा स्ट्राइकर केलियन एम्बाप्पे उच्च गोलकर्ताको शीर्षस्थानमा उक्लिएका छन् । कतार विश्वकपमा चौथो खेल खेल्दै गर्दा पाँच गोल गरेसँगै एम्बाप्पे ‘गोल्डेन बुट’ विजेताको दाबेदारमा रहेका हुन् ।

जारी विश्वकपमा उनी सर्वाधिक गोलकर्ता शीर्षस्थानमा छन् । एम्बाप्पेले पोल्यान्ड र डेनमार्कविरुद्ध दुई दुई गोल गरेका छन् । यसैगरी अस्ट्रेलियाविरुद्ध एक गोल गरेका थिए । २३ वर्षीय पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकरपछि अन्य खेलाडीको तीन गोल गरेको छ ।

स्पेनका अल्भारो मोरटा, अर्जेन्टिनाका कप्तान लियोनल मेसी, इंग्ल्यान्डका मार्कुस रसफोर्ड, फ्रान्सकै ओलिभर जिरौउड, इक्वेडरका इनर भ्यालेन्सिया र नेदरल्यान्ड्सका कोडी गाक्पोले समान तीन गोल गरेका छन् ।

कतार विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । जहाँ सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट अवार्ड प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 418 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इलाममा एमालेका तीनजना निर्विरोध