आवधिक निर्वाचनको मतपरिणाम लगभग सकिएको छ । मतपरिणाम सकिएसँगै सरकार गठनको सुरसार पनि देखिएको छ । राजनीतिक दलहरूभित्र ।
सरकार गठनको हैसियत भएकाले अरूलाई चास्नी देखाउने र हैसियत कम तर भाबन्डा बढी खोज्नेले मुख सुघ्न हिंड्ने प्रक्रिया पनि थालनी भइसकेको छ । यही मौकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारमा सहभागिताका लागि जोसुकैसँग पनि आफ्नो दल खुला रहेको घोषणा गरेको थियो । तर, एक रात बित्ने बित्तिकै आप्mनो उक्त निर्णयको खण्डन गरेर माओवादी आफैं हल्का भएको छ । यसले माओवादी केन्द्र र उसको हैसियतमा रहेका दलहरू चास्नीको गन्ध पछ्याउँदै झिंगे दाउ थाप्न आतुर हँुदै हिडेको स्पष्ट रूपमा देखाउँछ । सबै विकल्प खुला रहेको र सबैसँग सरकारमा सहभागिताका लागि तयार रहेको निर्णय कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालयमा शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा गरेको थियो । तर, सो निर्णय सार्वजनिक गरेको एक रात नबित्दै माओवादीले ‘नौ लाखतारा’ देखिसकेको कुरा आपूmले गठबन्धन भन्दाबाहिर सरकार गठनका लागि तयार नभएको भनेर दिएपछि पुष्टि हुन गएको छ ।
पार्टी अध्यक्षको नेतृत्वमा सरकार निर्माणका लागि संसदमा रहेका सबै दलसँग खुला रूपमा छलफल एवं सहकार्य गर्न सबै विकल्प खुला रहेको जानकारी सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले दिएका थिए । तर, आइतबर सो पार्टीका महासचिव देव गुरुङले सो निर्णय उल्टिएको भाषामा पदाधिकारी बैठकले गठबन्धन दलको विकल्प नखोजेको भन्दै आफ्नै पार्टी प्रवक्ता महराको अभिव्यक्तिको खण्डन गर्दै गुरुङले ‘चलिरहेको गठबन्धनको विकल्प’bout कुनै समीक्षा’नभएको ठोकुवा गरे । अहिलेको जनमत हेर्दा यदि वामपन्थी एकै ठाउँमा भइदिएको भए दुईतिहाइ मतजनताले दिने थिए । तर, यो कुरा खेलवाडको कुरा बन्यो । अझैं पनि चास्नीमा झिंगे दाउ लगाउने सोच र निर्णयले थलो जमाएर बस्यो । देउवाले दुई वर्ष, प्रचण्डले दुई वर्ष र नेपालले एक वर्षका लागि आलोपालो प्रधानमन्त्री हुने कुरा मिलेको छैन भन्ने कुराको पुष्टि यही झिंगे दाउले सतहमा ल्याएको छ । पछिल्लो समयमा आलोपालो प्रधानमन्त्रीको यही रोडम्याप’bout नेपाली कांग्रेस छलफलका लागि तयार भएको हुनसक्छ । कुरा आलोपालोभन्दा पनि सापेक्ष स्थिर सरकार कसरी दिने भन्नेको हो ।
सुरुदेखि नै भागबन्डा, लेनदेन र वाचाकसम हुनथाले भने त्यो जनताको जनमतको खिल्ली उडाउनु र वर्तमान व्यवस्था र राजनीतिक दलको विश्वसनियतामा थप खलल पु¥याउनुबाहेक अरू केही हुँदैन । दलले यसलाई समयमै बुझे राम्रो हुने थियो । तर, दलका शीर्ष नेताका आँखा कहिल्यै पनि खुलेनन् । संसदीय व्यवस्थामा प्रवेश गरेपछि माओवादीमा यस्तो फोहरी खेल अरू पार्टीभन्दा धेरै देखिनु खेदजनक कुरा हो । तथापि गठबन्धनका नाममा सत्तासिन पार्टीले जे गरिरहेका छन्, त्यो न त प्रजातन्त्र जोगाउनका लागि साधक देखिएको छ, न त विकास र निर्माणका लागि उपयोगी नै ! बरू यो सिंगो व्यवस्थाको जरो हल्लाउने काममा सहयोगी देखिएको छ । त्यसैले चास्नीको गन्धसँगै झिंगे दाउ थाप्ने काम बन्द गर । जनमतको कदर गर !