विभिन्न दुर्घटनामा परी दुई जनाको मृत्यु , एक जना घाईते

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ९ पुर्व पश्चीम लोकमार्ग अन्तर्गत सुकेपोखरी मन्दीर नजिकै ट्रकको ठक्करबाट १ जनाको ज्यान गएको छ । शनिबार बिहान करिब ११ः४५ बजेको समयमा सर्लाहीको हरिवन नगरपालिका १० का पैदल यात्री वर्ष अन्दाजी ५० का ज्ञानु प्रसाद खनाल ट्रकको ठक्करबाट घाईते भएका र उपचारको क्रममा अस्पतालमा ल्याउने क्रममा बाटोमा ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक राजेन्द्र प्रसाद उपाध्यायले जानकारी दिनु भयो । पश्चिमबाटपुर्व आउँदै गरेको ना ६ ख ५६४५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री खनालको ज्यान गएको प्रहरी निरिक्षक उपाध्यायले जनाकारी दिनु भयो ।

घटनामा संग्लग्न ट्रक र ट्रकका चालक ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका छन । शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल मलंगवा पठाईएको प्रहरीले जनाएको छ । ंयसैगरी सलार्हीमा करेन्ट लागेर एक महिलाको मृत्यू भएको छ। मृत्यु हुनेमा बसबरिया गाउँपालिका वडा नं.३ कोठियार बस्ने प्रकाश पटेलको श्रीमती अंदाजी ६० बर्षीय राजकली देवी रहेको छ।

आफ्नै घरमा रहेको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत महिलाको शव परिक्षणको लागि मलंगवा अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

त्यस्तै कविलासी नगरपालिका वडा नं. ३ भित्री सडकखण्डमा मदनपुर बाट चक्रघाटा तर्फ जादै गरेको ना ४ त ४८७ नं. को ट्रयाक्टरमा सोही दिशा तर्फ जादै गरेको बिआर ९३०९एक्स ९३९९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक गम्भीर भएको छ। घाइते हुनेमा मोटरसाइकल चालक बरहथवा नगरपालिका वडा नं. ७ दुसाद टोल बस्ने अंदाजी २५ वर्षिय गोबिन्द पासवान रहेको छ। ट्रयाक्टरको पछाडी चक्काले किचिएर गम्भिर घाईते भएको पासवानलाई उपचारको लागि मलंगवा अस्पतालमा पठाईएको प्रहरीले जानकारी दिएको छ । ट्रयाक्टर चालक सहित मोटरसाइकल नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुटवलमा गठबन्धनले गरेकै स्थानमा आज ओलीको आम सभा