नयाँ दिल्ली । दिल्ली नगर निगम (एमसिडी) मा आम आद्मी पार्टी (आप) ले १३४ सिटमा बिजयी हाँसिल गरेको छ । पछिल्लो चुनावी परिणामसंगै १५ वर्षदेखी सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) सत्ताबाट बाहिरिएको छ । २५० सिट मध्ये आपले १३४ सिटमा विजय हाँसिल गरेको छ भने कांग्रेस आई ९ र अन्य ३ सिटमा सिमित भएका छन् ।
चुनावी परिणाम सार्वजनिक भए लगत्तै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले दिल्लीका जनतालाई बधाई दिएका छन् । ‘दिल्लीका जतनाले आफ्ना छोरा र भाईलाई दिल्लीको सफाई एवं भ्रष्टाचार उन्मुलन गर्नका लागि जिम्मेवारी दिएका छन् ।’ केजरीवालले भने ‘हामीलाई यो कामका लागि केन्द्र सरकारको पनि सहयोग चाहिन्छ । प्रधानमन्त्रीको पनि आर्शिवाद चाहिन्छ ।’
तपाइको प्रतिक्रिया
(Visited 337 times, 1 visits today)