पावरफुल टिम हो अब कलैयाको विकास हुन्छ : संसद साह

बारा । जनताले स्थानीय, प्रदेश र केन्द्रमा एउटै पार्टीको प्रतिनिधी निर्वाचित गरेर पावरफुल टिम बनाएकोले अब कलैयाको विकास हुने बारा क्षेत्र नम्बर ३ का संसद ज्वाला साहले बताएकी छिन् । कलैया उपमहानगरपालिकाले रेखेको सम्मान कार्यक्रममा बोल्दै साहले पावरफुल टिमले कलैयामा विकासको लहर ल्याउनेमा विश्वस्त रहेको बताईन ।

प्रत्येक वडामा वडाध्यक्षको नेतृत्वमा असहाय, गरिव बालबालिकाको पहिचान गरि १२ सम्म निशुल्क पढाईको व्यवस्था गर्नु पर्ने उनकाे भनाइ थियाे । एउटा वडाबाट ५ जना विद्यार्थी पढेर निस्के पनि सफल हुने उनले बताईन् ।

कलैया अस्पतालको अवस्था नाजुक रहेकोले तत्काल त्याहा रक्त संचार केन्द्रको स्थापना अति आवश्यक भएकाे उनकाे भनाइ थियाे । दक्ष जनशक्ति थपेर उपकरणको प्रयोग गरि विरामीको ज्यान जोगाउनु पर्ने बताईन ।

कृषि, टेक्निकल क्षेत्रमा बजेट विनियोजन गरि युवाहरूलाई सिप मुलक तालिम प्रदान गरि रोजगारी प्रदान गरि युवा जनशक्तिलाई स्वदेश मै परिचालन गर्नुपर्ने उनकाे भनाइ थियाे ।

प्रदेश सभा सदस्य रविन्द्रदास श्रेष्ठले विकास निर्माणमा कुनै समझौता नगरिने बताए । ‘विगतमा के भयो, त्यो छोडौ अब सबै मिलि कलैयाको समुचित विकासमा गर्नु पर्छ ।’ उनले भने ।

आर्थिक अवस्था सुधार गर्नको लागि पर्यटक भित्र्याउनु पर्न प्रदेश सभा सदस्य महमद समिरले बताए । विश्व प्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गर्न आउने पर्यटकलाई लोभ्याउन फन पार्क, गुणस्तरीय होटल निर्माण गर्न सके पर्यटकलाई रोक्न सके जिल्लाको आर्थिक अवस्था सुधार गर्न सकिने उनले बताए ।

स्थानीय, प्रदेश र केन्द्रमा एउटै पार्टीको प्रतिनिधित्व भएकोले जनताले यो टिमसंग धेरै आशा रेखेको कलैया उप-महानगरपालिकाको नगरप्रमुख विनोद साहले बताए । प्रदेश सरकारले जनप्रतिनिधिको तीन वटा बैठकको भता दिनुपर्ने प्रावधानप्रति आपत्ति जनाएका छन् । जनप्रतिनिधिलाई प्रोत्साहन गरे विकास निर्माणको कार्य द्रुत गतिमा हुने बताए । मटिअर्वा मानवत सडकखण्ड निर्माणमा ठेकदारको लापरबहीले आफु जनतालाई जवाफ दिन नसक्ने भएकोले संसद विधायकहरूले पहल गरि अधुरा योजना सफल पार्न आग्रह गरेका छन् ।

सम्मान कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नाथु साह, २७ वटा वडाका वडाध्यक्ष, कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको पप्पु गुप्ताले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जनमोर्चा र माओवादी केन्द्र विजयी