जाजरकोटमा जिप दुर्घटना मृत्यु हुनेकाे संख्या ११ पुग्याे (सूचीसहित)


सुर्खेत । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो ।

छेडागाड-५ दिपक अधिकारी, छेडागाड-५ नैनसरा अधिकारी, छेडागाड-५ जैकुवरा बुढा, छेडागाड-५ रामबहादुर बुढा, छेडागाड-६ वीर बहादुर खत्री, भगवती-२, दैलेख अमर खड्का, भगवती-२, दैलेख मान बहादुर रावत, भगवती-२, दैलेख बिरेन्द्र केसी, छेडागाड-५ देवीसरा बुढा, छेडागाड-५ अमर अधिकारी र छेडागाड-५ निषा अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

छेडागाड-५ की जैभान अधिकारी गम्भिर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए । राससबाट

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु : धनराज आचार्य