भूपी काव्य पुरस्कार उषा शेरचनलाई

पोखरा । यस वर्षको भूपी काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई दिइएको छ । कवि भूपी शेरचनको स्मृतिमा परिवारजनद्वारा स्थापित एवं थकाली सेवा समिति पोखराद्वारा संचालित सो पुरस्कारको राशि ५० हजार र सम्मानपत्र छ ।

पुरस्कार छनोट समितिको बैठकले शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समिति संयोजक अशोककुमार भट्टचनले जानकारी दिए । छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पदमराज ढकाल, थकाली सेवा समिति अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन थिए । नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रत्येक २ वर्षमा सो पुरस्कार प्रदान गरिंदै आएको छ ।

आगामी १० पुसमा ८९ औं भूपी जयन्ती अवसरमा पोखरामा उनलाई पुरस्कार प्रदान गरिनेछ । यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा र तीर्थ श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

मुस्ताङमा जन्मिएका भूपी आरम्भिक चरणमा सर्वहाराका लागि कविता लेख्दै पछि समसामयिक विषयमा सरस र व्यङ्ग्यात्मक कविता लेख्दै सशक्त कविका रुपमा स्थापित भएका थिए । उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रह (२०२५) लाई नेपाली कवितामा विशिष्ट मानिन्छ । भूपीले सो कृतिबाट २०२६ सालको साझा पुरस्कार समेत पाएका थिए ।

पुरस्कृत हुने उषा शेरचनको नजन्मेका आस्थाहरु कविता संग्रह (२०४८), अक्षरहरुका शिविरबाट मुक्तक संग्रह (२०५६), सर्वकालीन पीडा र जागृतिका शंखघोष कविता संग्रह २०६३, तेस्रो रङ्ग कथा संग्रह (२०७०), आँधी उपन्यास (२०७६) लगायत दर्जन बढी कृतिहरु प्रकाशित छन् । उनी यसअघि दर्जनौं पुरस्कारबाट पुरस्कृत भइसकेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
धनुषाको मुसहरनियाको अध्यक्षमा जसपाका जयकुमार यादव निर्वाचित