एकैपटक साढे आठ हजार सशस्त्र जवान सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मंगलबार एकैपटक ८ हजार ४ सय ८८ जना जवानको सरुवा गरेको छ ।

सरुवा प्रयोजनका लागि केही समयअघि मात्र देशभरका जवानलाई उनीहरूको प्राथमिकताअनुसार तीनवटा युनिटको नाममा लेखाएर फारम नै भराइएको थियो । सोहीअनुसार सम्भव भएसम्म माग गरेबमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।

यस्तै, सीमावर्ती इलाकाका युनिटमा लामो समय दरबन्दी भएका जवानलाई सीमा इलाकाबाहेक अन्यत्र सरुवा गरिएको छ । सरुवाका लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोसमेत उच्च प्राथमिकतामा राखिएको थियो ।

यस्तै, मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ । घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको छ ।

विगतदेखिकै सरुवासम्बन्धी गुनासोलाई सम्बोधन गर्दै श्रीमान् श्रीमतीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ ।

मुख्यालयले फारम भराएर जवानको इच्छाअनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलोपटक हो । यसबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवासम्बन्धी गुनासोसमेत कम हुँदै जाने विश्वास मुख्यालयको छ ।

अब बिल्लादार तथा जुनियर अधिकृतसम्म पनि जवानको सरुवाको मापदण्ड र तरिका अपनाएर विस्तारै सरुवा गरिने नीति सशस्त्र प्रहरी बल नेपालले लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुर २ फेरी अग्रता बढाउँदैं कांग्रेसका दुर्लभ थापा