पर्यटकलाई छुट्टै विशेष सिटी बस

काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्षदेखि विदेशी पर्यटकका लागि सिटी बस सञ्चालन तयारी थालेको छ । पर्यटकका लागि सम्पदा क्षेत्र प्रचारप्रसारका लागि करिब ३० किलोमिटर लामो पूरा यात्रा गर्न ३ घण्टा लाग्नेछ । बस टिकट लिएपछि दिनभर ‘होप अन होप अफ’का जुनसुकै बस चढ्न पाउनेगरी व्यवस्था गरिने भएको छ ।

काठमाडौं उपत्यकाका सम्पदा क्षेत्र अवलोकन गर्न आउने पर्यटकका लागि ‘होप अन होप अफ’ सिटी बस सञ्चालन गर्न लागिएको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अघि सारेको ‘पर्यटन पुनरोत्थान कार्ययोजना’अन्तर्गत सिटी बस सञ्चालन तयारी भएको हो ।

पहिलो चरणमा साझा यातायातका पाँच बिजुली बस हरेक आधा घण्टामा ललितपुर पाटन, काठमाडौं दरबार, पाशुपत क्षेत्र, बौद्धनाथ र स्वयम्भूनाथका लागि सञ्चालन गरिनेछ । पहिलो चरणको कार्यक्रम सफल भएपछि भक्तपुर दरबार क्षेत्र र चाँगुनारायणसम्म लैजाने योजना छ ।

सिटी बस प्रभावकारी रूपमा सञ्चालन’bout सरोकारवालासँग मन्त्रालयले छलफलसमेत गर्दै आएको छ । यसअघि मन्त्रालयमा भएको छलफलमा साझा यातायात सञ्चालक, व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरेको हो ।

छुट्टै बस सञ्चालन तयारीमा सरकार लागे पनि पर्यटक संख्यालगायत कारण दीर्घकालीन व्यवस्थापन विषयमा भने प्रश्न उठ्न थालेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 332 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा निर्वाचन आचारसंहिता उल्लंघन