फ्लाइओभरले कायम गर्नुपर्ने स्ट्यान्डर

नेपालमा हुने गरेको ट्राफिक जामले संसारभर गलत सन्देश दिइररहेको अवस्थामा सबैभन्दा बढी ट्राफिक जाम हुने उपत्यकाको रिङरोडमा फ्लाइओभर निर्माण हुन थालेपछि अबका दिनमा ट्राफिक जामको समस्यामा कमी आउने भयो भन्ने आशाले उपत्यकावासी खुसी हुन थालेका छन् । रिङरोडको ग्वार्कोमा देशकै पहिलो फ्लाइओभर निर्माण कार्य अघि बढेपछि स्थानीयमा आशाको सञ्चार हुन थालेको हो । वैकल्पिक बाटो निर्माणको माग गरिरहेका स्थानीयले फ्लाइओभर निर्माणपछि उपत्यकमा हुँदै आएको अत्यधिक सवारी चापमा केही कमी आउने र यसले स्थानीय सवारी व्यवस्थापनमा ठूलो राहत मिल्ने चर्चा गरिरहेका छन् ।

केही समय पहिलेदेखि डिजाइन कार्य हुँदै आएको ग्वार्को चोकमा अहिले भौतिक रूपमै निर्माण कार्य सुरु भएपछि ग्वार्को फ्लाइओभर नेपालकै पहिलो फ्लाइओभर हुने भएको छ । हाललाई भौतिक संरचना निर्माण कार्य सुरु भएसँगै ग्वार्को र यसका आसपासको इलाकामा ट्राफिक जाम बढे पनि निर्माण कार्य सकिएसँगै यो जाम ह्वात्तै घट्ने आशामा रमाएको देखिन्छ । विदेशमा फ्लाइओभर हुनाले कम जाम हुने गरेको सुनिरहेका नेपाली अबका केही दिनमै आफ्नै देशमा फ्लाइओभरबाट हुइँकिन पाउने भएपछि कौतुहल पनि छन् ।

हाल महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्माण कार्य लक्षित गरेर शुक्रबारदेखि सो सडकमा सवारीसाधन व्यवस्थापन सुरु गरिसकेकाले सवारी सञ्चालन नियमित नै छ । तथापि, सवारीसाधन अत्यधिक चापका कारण ट्राफिक व्यवस्थापनमा भने तनाव थपिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत २३ मंसिरदेखि बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपांग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट ‘सर्भिस लेन’मार्फत पठाउँदै आएको छ । तर, साना चारपांग्रे्रे सवारीसाधनलाई भने फास्ट ट्रयाकबाट चलाउन अनुमति दिएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि कायम गरिएको सर्भिस लेनबाट चल्ने चलाउने अनुमति दिइएको छ । ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभर कार्य प्रारम्भ भएको मितिले १४ महिनाभित्र सकिसक्ने लक्ष्य राखिएकाले काममा तीव्रता देखिएको छ । आयोजना ठेक्का पाएको निर्माण कम्पनी आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि निर्माण धमाधम अघि बढाइसकेका छन् ।

उपत्यकामा पहिलो चरणमा सरकारले चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडकखण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन स्थानमा फ्लाइओभर निर्माण गर्ने लक्ष्य राखी ग्वार्को चोकबाट पहिलो ‘फ्लाइओभर’ निर्माण प्रारम्भ गरेको हो । यो निर्माण कार्यमा सरकार आफैंले पहल लिएकाले छिट्टै बन्ने अपेक्षा पनि स्थानीय जनताको रहेको देखिन्छ । निर्माणाधीन फ्लाइओभर अन्तर्राष्ट्रिय मापपदण्डअनुसार अघि बढाएकाले यसमा प्रयोग हुने मटेरियललगायतका फ्लाइओभरको उचाइ र चौडाइमा तल माथि नहुने विज्ञको अनुमान रहेको छ । फ्लाइओभर निर्माणपछि उपत्यकाको सवारी जाममा निकै कमी आउनेछ । यसले काठमाडौं तथा ललितपुरको सहर र सहरी दृश्यलाई नयाँ स्ट्यान्डर कायम गर्न पनि सहयोग पु¥याउनेछ । त्यसैले यो कार्यलाई समयमा नै सम्पन्न गर्नु अत्यावश्यक छ ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन महानगरमा कांग्रेस उम्मेदवार