पोखरामा सर्रर्रर ओवराय

पोखरा । बलिउड अभिनेता विवेक ओवरायले पर्यटकीय सहर पोखरामा जिपलाइन र स्वीङको मज्जा लिएका छन् । परिवारका सदस्यसहित बुधबार नेपाल घुम्न आएका विवेक शुक्रबार पोखरा आएका हुन् । सराङकोट पुगेर उनले बिहान ११ बजे हाइग्राउन्ड एड्भेन्चर्स नेपाल प्रालिद्वारा सञ्चालित जिपलाइन तथा स्वीङ गरे ।

साहसिक पर्यटकीय प्रोडक्ट जिपलाइन, स्वीङ गरिसकेपछि ओवरायले ‘निकै रमाइलो लागेको’ प्रतिक्रिया दिएको हाइग्राउन्ड एड्भेन्चर्स नेपाल प्रालिका निर्देशक दिनेश महर्जनले बताए । ओवरायकी १० वर्षीया छोरीले पनि बाबुसँगै जिपलाइन गरेकी थिइन् । दशकअघि हाइग्राउन्ड एड्भेन्चर्सले पोखरामा पहिलोपटक जिपलाइन र बञ्जीजम्प भित्राएको हो ।

उसले पछिल्लो समय स्वीङसहित एटिभी राइडिङसमेत सुरु गरेको छ । पहिलोपटक नेपाल आएका ओवरायले ‘पोखरा धेरै राम्रो सहर रहेको’ बताउँदै ‘समय मिले फेरि घुम्न आउने’ बताए । आमाबाबु, श्रीमती, बहिनीज्वाइँ, चार छोराछोरीसहित १० सदस्यीय ओवरायको टोली शुक्रबार सराङकोट बसेको छ ।

व्यवसायी पुनम यादवको निम्तोमा नेपाल आएका उनी करिब १० दिन नेपालमा रहने बताइएको छ । नेपाल बसाइँमा उनले पशुपतिनाथ दर्शनसहित सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी, म्याग्दी घोरेपानीलगायत क्षेत्र घुम्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिर्जना र केशवका लागि बालेन चुनौती