Thursday, August 5, 2021
Homeअर्थरंगीन टिभीको आयात बढ्दो

रंगीन टिभीको आयात बढ्दो

,
sharethis

वीरगन्ज । रेमिट्यान्सले अधिक खर्च धानेको मुलुकका जनताले चालू आर्थिक वर्षबाट ब्लाक एन्ड ह्वाइट टेलिभिजनलाई विस्थापन गरिदिएको छ । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सारबाट चालू आर्थिक वर्षको आठ महिनामा आयात भएका टेलिभिजनको तथ्यांकले त्यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको आठ महिनामाभन्दा समीक्षा अवधिमा ७ हजार १२१.०२ प्रतिशतले ब्लाक एन्ड ह्वाइट टिभीको आयात घटेको छ । वीरगन्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको आठ महिनामा ५ हजार ३२ वटा मात्र ब्लाक एन्ड ह्वाइट टिभी भित्रिएको हो । तर, गत आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा वीरगन्ज भन्सार नाकाबाट ३ लाख ६३ हजार ३ सय ६२ वटा ब्लाक एन्ड ह्वाइट टिभी नेपाल भित्रिएका थिए ।

रंगीन टिभीको आयातमा वृद्धि

वीरगन्ज भन्सार नाकाबाट रंगीन टिभीको आयात भने ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । रंगीन टिभीको आयात बढ्नु र ब्लाक एन्ड ह्वाइट टिभीको आयात अनपेक्षित रूपमा घट्नुले नेपालबाट ब्लाक एन्ड ह्वाइट टिभी विस्थापन हुँदै गएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलप्रसाद साहले बताए । रंगीन टिभी भने चालू आर्थिक वर्षको आठ महिनामा १ अर्ब ३४ करोड ५२ लाख ५६ हजार मूल्यबराबरका भित्रिएका छन् ।

चालू आर्थिक वर्ष २०७५÷७६ को आठ महिनामा भने जम्मा ५९ करोड ५२ लाख २९ हजारका मात्र रंगीन टिभी वीरगन्ज भन्सार

नाकाबाट मुलुक भित्रिएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । गत वर्षको तुलनामा समीक्षा अवधिमा नै ७५ करोड २७ हजार बढीका रंगीन टिभी नेपाल भित्रिएका छन् । गत साउनबाट फागुनसम्ममा वीरगन्ज भन्सार नाकाबाट १ लाख ३६ हजार ४ सय ६७ वटा रंगीन टिभी नेपाल भित्रिएका छन् । गत वर्षका सोही समयमा भने जम्मा ४६ हजार ७ सय ७० वटा मात्र रंगीन टिभी नेपाल भित्रिएका थिए ।

भन्सार राजस्वलाई रंगीन टिभीको बल

तुलनात्मक रूपमा चालू आर्थिक वर्षमा १ सय ९१.७१ प्रतिशतले बढी रंगीन टिभी नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी साहको भनाइ छ । रंगीन टिभीबाट मात्र गएको आठ महिनामा वीरगन्ज भन्सार कार्यालयले ६२ करोड १५ लाख ५२ हजार राजस्व मात्र संकलन गरेको छ ।

गत वर्ष भने रंगीन टिभीबाट आठ महिनामा जम्मा २५ करोड ९८ लाख ७ हजार मात्र राजस्व संकलन भएको थियो । ब्लाक एन्ड ह्वाइट टिभीबाट भने गत वर्षको तुलनामा ९८ प्रतिशत राजस्व संकलनमा गिरावट आएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

(Visited 144 times, 1 visits today)

आजको समाचार

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

साताका लोकप्रिय समाचार

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

जुडो टोली स्विट्जरल्यान्ड जाने

काठमाडौं आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दै छन् । तालिममा सहभागी हुने खेलाडीमा...

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

ट्रेन्डिङ

अलपत्र प-यो बाँसगढी नगरपालिकाको चक्रपथ निर्माण योजना

बर्दिया । बाँसगढी नगरपालिकाले नगरबासीलाई सडक यातायातमा सहज पहुँच पु-र्याएर गाउँलाई नगरसम्म जोड्नका लागि नगरमा चक्रपथ निमार्ण गर्ने महत्वकांक्षी योजना ल्याएको थियो । योजनाको...

विद्युतका सहायक प्रबन्धक घुससहित पक्राउ

सिन्धुली । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका सहायक प्रवन्धक इन्जिनियर शेरबहादुर सुनार शुक्रबार घुस सहित पक्राउ परेका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)