कैलालीमा सुन व्यवसायीमाथि गोली प्रहार

धनगढी । कैलालीमा एक जना सुन व्यवसायीमाथि गोली प्रहार भएको छ । गोदावरी नगरपालिकाको अत्तरियास्थित न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालकमाथि आइतबार साँझ गोली प्रहार गरिएको हो ।

उनीमाथि अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गोली प्रहारबाट घोडाघोडी नगरपालिका १ का २८ वर्षीय विकास सुनार घाइते भएका छन् ।

गोली प्रहारबाट घाइते भएका सुनारलाई उपचारका लागि अत्तरियाको पदमा अस्पतालमा भर्ना गरिएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर भई उपचार भइरहेको कैलाली प्रहरी प्रबक्ता डीएपी वेदप्रकाश जोशीले बताए ।
‘बाईकमा आएका दुईजनाले गोली चलाएर भागेका भन्ने खबर आएको छ, डीएसपी जोशीले भने, उनीहरुफरार रहेको र खोजी कार्य भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेकाे लालकिल्लामा मेयर जितेर इतिहास रचिन् मीना लामाले