पुस्कार घोषणा गर्दै मनाइयो नातिकाजीको जन्म जयन्ती

काठमाडौं । नातिकाजी सम्मान एवम् पुरस्कारको घोषणा गर्दै कालजायी संगीतकार नातिकाजी श्रेष्ठको ९८ औं जन्म जयन्ती आईतबार काठमाडौंमा मनाईएको छ ।

नेपाली गीत-सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टाहरुलाई प्रदान गरिने नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७८ उनको जन्म जयन्तीको अबसर पारेर घोषणा गरिएको छ ।

काठमाडौंका कुटुवहालमा रहेको नातिकाजीकै घरमा उनको जन्म जयन्ती मनाउँदै सो पुरएस्कार एवम् सम्मान घोषणा गरिएको हो । ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान–२०७८’ मन बहादुर मुखियाा, दीप तुलाधर, प्रदीपराज पाण्डे, फणिन्द्र राई, बिके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई प्रदान गरिने घोषणा गरियो ।

सङ्गीतका गुरु चन्दन श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार–२०७८’ पुरस्कार प्रदान गरिने भएको छ । यस्तै नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७८ आधुनिक रचनातर्फ एकनारायण भण्डारी, संगीत तर्फ काली प्रसाद बासकोटा, गायक तर्फ राज सिग्देल र गायिका तर्फ माण्डवी त्रिपाठीलाई प्रदान गरिने कार्यक्रममा जनाइयो ।

त्यस्तै, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८ रचनाबाट देवेन गिरीलाई, संगीतबाट दीपक शर्मालाई, गायकबाट कृष्ण काफ्ले, र अस्मिता अधिकारीलाई प्रदान गरिने घोषणा गरियो । त्यस्तै, नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा बाद्य पुरस्कार रविन कार्की ढली र नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार देवी घर्तीलाई प्रदान गरिने संस्थाका उपाध्यक्ष दीपक श्रेष्ठले कार्यक्रममा बताए ।

२०७८ सालको नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार राजधानी दैनिकका पत्रकार डब्बु क्षत्री र अर्का पत्रकार कुवेर गिरीलाई प्रदान गरिने भएको छ ।

यस्तै, नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार–२०७८ आशिष गौतमलाई प्रदान गरिने कार्यक्रममा घोषणा गरियो ।

सो कार्यक्रममा विभिन्न श्रष्टाहरुले नातिकाजीको तस्विरमा माल्यापर्ण गर्दै उनी प्रति श्रद्धासुमन अर्पण गरे ।

कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले भने,‘हिन्दी गीत सुन्ने त्यो युगमा नातिकाजीले कालजायी गीत संगीत सृजना गरेर श्रोतालाई नेपाली गीत संगीतप्रेमी बनाउनु भयो । सोही कारण उहाँको जन्म जयन्तीमा नेपाली संगीतको अघिल्लो पुस्ता र वर्तमान स्रष्टालाई जोड्ने कडीको रुपमा सम्मान र पुरस्कार प्रदान गरिदै आएको छ ।’ नेपाली संगीतको विकाशमा नातिकाजीको योगदान’bout बासकोटाले कार्यक्रममा चर्चा गरे ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडाको मेयर बन्न ४ महिला सहित १७ जनाको उम्मेदवारी