काठमाडौं । नेकपा एमालेका वागमती प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य डा। दिनेश चन्द्र देवकोटाले सरकारले अध्यादेश ल्याएर लोकतन्त्रको उपहास गर्न खोजेको बताएका छन् । ‘काम चलाउ सरकारले अध्यादेश ल्याउनु प्रजातन्त्र र लोकतन्त्रलाई नै खिल्ली उडाउने खालको काम हो । संघीयतालाई आक्रमण गर्नेगरी मान्छेहरु लागेका छन् । प्रदेशलाई सवलीकरण गर्नेगरी मेरो बुद्धि विवेक र अनुभव प्रयोग हुनेछ ।’ उनले भने ।
आईतवार समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले भुँइका मानिसहरुलाई माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तपाइको प्रतिक्रिया
(Visited 290 times, 1 visits today)